Connect with us
Kapilvast Forest

“तत्कालीन कृषि प्रणालीको अवस्था र व्यवस्थापन”

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

तत्कालीन अवस्थालाई मध्यनजर गरी रहँदा हामी कयौ प्रभाव प्रस्टै अवलोकन गर्न सक्छौ। स्वास्थ, शिक्षा, कृषि पेशा, उद्योग व्यवसाय र नेपालको अर्थशास्त्रमा निकैनै प्रभाव पर्दै आई रहेको छ।सबै क्षेत्र पुरै ठप्प छन्।

अहिले चलिरहेको दोश्रो लकडाउनको प्रहारमा देख्न सक्छौ हामी मानवजाति बाँच्न घिश्री रहेका छौ। र यही प्रहर चली रहने हो भने हामीलाई भोकमरी आई लाग्न सक्दैन भन्न सकिन्न। अन्य क्षेत्र त बाँचे निरन्तर गर्न सकिन्छ, तर यदि यही तिब्र गतिमा फैलिएको महामारी र भोक मरी जाइलाग्ने हो भने मानव जातिको अस्तित्व मेटिन्न भन्न सकिन्न अनि यही सन्दर्भमा हामी कृषि क्षेत्रलाई प्रस्टै नियाल्न सक्छौ। हालैको अवस्थालाई मध्यनजर गर्दै हामी कृषि क्षेत्रमा सुरक्षित साथ अघि बढि रहन सक्छौ।

हामी लगभग सम्पूर्ण मानवजाति आफ्नो आफ्नो घर ठाउँमा फर्की सकेका छौ।हामी सँग कहिले बाट बाजो पल्टेका खेत बारी पक्कै पनि छन्। र यो अवस्थामा हामी निकै होसियार बन्न सक्छौ,हामी कृषि पेशालाई निरन्तर दिरहन सक्छौ।

अहिलेको यो समयमा हामीलाई पक्कै पनि अन्य ठाउँ बाट उन्नत जातका बिउ मल अन्य सामग्री भित्र्याउन मुश्किल छ, यसर्थ हामी स्थानिय बासिनदाले प्रयोग गर्दै आइरहेका कृषि जन्य प्रविधि र बिउ, बाजो पल्टेका खेत बारी मा प्रयोग गर्न सक्छौ र जोजो पहिले बाट कृषि क्षेत्रमा संलग्न हुनु हुन्छ उहाँहरुले पनि सुरक्षित रहेर आफ्नै गाउँ ठाउँमा उपलब्ध सामग्री प्रयोग गर्न सक्नु हुन्छ।यसरी धेरै हद सम्म भोकमरी बाट जोगिन सकिन्छ।

तर अनुसन्धान गरी रहँदा जति व्यवसायिक रूपमा कृषि पेशा लाई अंगाल्नु भएको छ उहाँहरूमा भने जति पनि उत्पादन भएका फलफूल तरकारी अन्न छन्,बजार सम्म पुर्याउन अर्थात् बजार र कृषिलाई समावेश गर्न निकै कठिन भईरहेको देख्न सकिन्छ। र उत्पादित खाद्यान्न खेर जाने कुहिने भइरहेको छ।यसले गर्दा व्यवसायिक कृषकले धेरै घाटा बेहोर्दै आउनु परेको छ। यस्तो अवस्थामा स्थानीय निकायले ध्यान केन्द्रित गर्न एकदमै जरूरी देखिन्छ।

उत्पादित खाद्यान्न लाई बजार सम्म पुर्याउने, भण्डारणको व्यवस्था मिलाउने र कृषकलाई जरूरत सामग्रीहरुको तथ्याङ्क लिँदै समयमा उपलब्ध गराउने जमर्को गर्न जरूरत देखिन्छ। यसो गर्नाले हामी कृषि क्षेत्रमा निरन्तर रहन पनि सकेउ, एका तिर कृषकलाई फाइदा हुने भयो अर्को तर्फ हामीले उत्पादित खाद्यान्न समयमा प्राप्त गर्न सफल रहन्छौ!!

लेखक- एन्जिला श्रेष्ठ, डयनामिक युथ नेपाल दाङ,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu