Connect with us
Kapilvast Forest

कृष्णनगरमा बन्यो अक्सिजन सहितको आइसोलेसन सेन्टर

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कोरोना भाइरस संक्रमितको उपचारका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो ।    यसै हप्ता थप  १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र गतिमा भैरहेको नगरप्रमुख शाह न्युज सेन्टर नेपाललाई  बताउनु भयो ।

नगरको नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि सिमानाकामा स्वास्थ जाँच केन्द्र स्थापना गरेको कृष्णनगर नगरपालिकाको उपप्रमुख सबनम खातुनले जानकारी दिनु भयो ।
नगरबासीको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माणलाई प्राथमिकता दिएको उप प्रमुख खातुनले बताउनु भयो ।
कृष्णनगर क्षेत्रमा कोभिड संक्रमितको संख्या यकिन गरी अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्किले जानकारी दिनु भयो ।
भारतसगं सिमाना सटेकोले संक्रमित बढेकोले सामुदायमा सचेतना मुलक कार्यक्रम सन्चालन गरेको अधिकृत कार्कीले बताउनु भयो ।
कृष्णनगरमा ७५ जना कोभिड संक्रमित रहेका छन । सबैको अवस्था समान्य रहेको कृष्णनगर स्वास्थ शाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu