Connect with us
Kapilvast Forest

स्वास्थ्य सेवा कसको हातमा ?

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

महेन्द्र कुंवर;काठमाडौं-कोरोना महामारीलाई कसैले ‘होहोना’ भन्छन्, कसैले यो विश्वव्यापी षडयन्त्र हो भन्छन् । कसैले अन्तराष्ट्रिय शक्तिको खेल हो भन्छन् भने कसै कसैले यसलाई जैविक हतियारको रुपमा पनि लिएका छन् । जेसुकै होस्, यो एउटा स्वास्थ्य समस्याचाहिँ हो । मानिसको स्वास्थ्य आफैमा एउटा संवेदनशील विषय हो । अहिले स्वस्थ देखिएको मानिस केहि क्षणमा यो लोक छोडेर परलोक भईसकेको हुन्छ । मानिस केहि दिन भोकै बाँच्न सक्ला, नाङ्गै वस्न सक्ला, तर उपचार नपाए केही क्षणमै उसको देहलिला समाप्त हुन सक्छ ।

त्यसैले यो संवेदनशील छ । केहि दिन अघि फेसबुकमा एउटा भावपूर्ण सन्देश प्रवाह भयो । ‘रुपन्देहीमा दिनभर डुल्दा बेड नपाईनु, बाहिर लैजान एम्बुलेन्स नपाइनु, एम्बुलेन्स पाउँदा अक्सिजन नपाईनु, सबै जुट्दा बेला बितिसक्नु, धन्य हो मेरो देशको अवस्था, भाई माफ गर, आइसियु वेड देख्न नपाई अस्तायौ । समयमा सहयोग गर्न सकिएन । तिम्रो आत्माले शान्ति पाओस् ।

’ यो माथिको फेसबुक सन्देश थियो कपिलवस्तुका दुर्गा प्रसाद अधिकारीको । यसको तल टिप्पणीमा महेन्द्र क्षेत्रीको भनाई थियो, ‘मैले प्रत्यक्ष मेरो भिनाजुको उपचारमा भोगेको समस्या, तर भगवान कृपाले काठमाडौँसम्म पु¥याउन पाईयो । धन्य प्रभु । दुःखद घटना, यसको जिम्मेवार राज्य हुनुपर्छ ।’ यो लेख लेख्दै गर्दा कान्तिपुर पत्रिकामा लेखिएको समाचार थियो ‘३५ करोड कमिशनले रोकिएको खोप खरिद’ ।

यसमा लेखिएको थियो ‘खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिशन माग गरेर प्रक्रिया नै अधि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।’ अर्घाखाँचीको ढाकावाङगका ४० बर्षीय गोपाल अधिकारीलाई ज्वरो आउने समस्या देखिएपछि उनको उपचारका लागि बुतवल हस्पिटल प्रा.लि.मा लगियो । सुरुमा राम्रै व्यवहार देखाएको बुटवल हस्पिटल प्रा.लि.ले पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा ख्याल गरेन भन्छन् उनका आफन्त कमल अधिकारी ।

आइसियु वेड भएको अस्पतालमा लैजान सुझाव दिइयो । प्रादेशिक अस्पतालमा वेड खाली नभएकोले भुँईमै राखेर उपचार गरियो । आइसियु वेड खाली नभएको हुँदा वेडको खोजी गर्ने क्रममा चितवन मेडिकल कलेजमा खाली छ भन्ने थाहा पाई त्यहाँसम्म जाने एम्बुलेन्सको खोजीको क्रममा दुर्गा प्रसाद अधिकारीले फेसबुकमै ‘बुटवलदेखि चितवनसम्म जाने डबल सिलिन्डर(अक्सिजन) भएको एम्बुलेन्स भए सहयोग गर्नुहुन’ भन्दै फोन नम्बर राखेका थिए । त्यसपछि अरु साथीहरू पनि मिलेर सहयोग गर्ने प्रयत्न गरे ।

एम्बुलेन्स नै नपाईने, पाए पनि अक्सिजन नहुने, छेउँछाउँका कुनै पनि अस्पतालमा वेड नहुने आदि समस्या लिएर भौँतारिरहेका दुर्गा प्रसाद अधिकारी लगायत आफन्तले एउटा एम्बुलेन्स पाए । विरामीलाइृ लिएर चितवन मेडिकल कलेजमा पुग्दा विरामीको ज्यान गईसकेको थियो । यो नेपालको स्वास्थ्य सेवा पद्धति कस्तो छ भनेर बुझ्ने एउटा ज्वलन्त उदाहरण हो । आफ्ना आफन्त विरामी पर्दा दुर्गा प्रसाद अधिकारीलाई फेसबुकमा हार गुहार गर्नु प¥यो ।

सहयोगी मन भएकाहरूको अथक प्रयासले एउटा एम्बुलेन्स पाईयो, तर प्रयासमै समय वितेपछि उपचार गर्ने समय कहाँबाट पाउनु? अनि कसको के लाग्छ र? त्यस्तै समस्या भोगेका महेन्द्र क्षेत्रीले भिनाजुलाई काठमाडौँसम्म पु¥याउन सकेकोमा भगवानप्रति कृतज्ञता प्रकट गरेका छन् । आज आम नेपालीको जीवनमा आई पर्ने स्वास्थ्य समस्याबाट छुटकारा पाउने एउटै साहारा छ भगवान भरोसा । यदि यो राज्यमा नागरिकको मौलिक हकभित्र पर्ने आधारभूत स्वास्थ्य उपचारका लागि गतिलो पद्धतिको विकास भएको हुन्थ्यो भने र त्यो पद्धतिले राम्रोसंग काम गर्न सक्ने अवस्थाको हुन्थ्यो भने त्यसरी दुर्गा प्रसाद अधिकारीलाई फेसबुकमा गुहार माग्नु पर्दैनथ्यो होला ।

दिनभरी वेड र एम्बुलेन्सको खोजीमा समय विताउनु पर्दैनथ्यो होला र त्यसरी अल्प आयुमै गोपाल अधिकारीले परलोक हुनु पर्दैनथ्यो होला । हामीलाई हाम्रो स्वास्थ्य सेवा कस्तो छ भन्ने राम्रोसंग थाहा छ । यसमा सुधार हुनुपर्छ भन्ने पनि थाहा छ । यो सुधार हुन राजनीति सुधार हुनुपर्छ भन्ने पनि थाहा छ, त्यसका लागि आफू सुधार हुनुपर्छ भन्ने चाहिँ थाहा छैन ।

लोकतान्त्रिक परिपाटीमा आम निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूले कानुन बनाउने, लागु गर्ने, शासकीय संरचना निर्माण गर्ने भएकाले देशको नीति निर्माण तहमा कस्ता व्यक्ति पठाईएको छ र कस्ता शासकले शासन गरेका छन् भन्ने त थाहा हुनु प¥यो नि । संविधानमै मौलिक हकको रुपमा राखिएको आधारभूत स्वास्थ्य सेवा नीजिलाई नाफा मूलक व्यवसाय गर्न सरकारले अनुमति दिन्छ र सर्वोच्चले खारेज गर्छ । जि टु जि पद्धतिबाट खरिद गर्न लागेको स्वास्थ्य सामग्रीमा बिचौलियाले कमिशन माग्छ र सरकार निरिह बन्छ ।

स्वास्थ्यमा समस्या आउँदा कहाँ र कसरी सुविधा लिने अत्तोपत्तो छैन अनि दुनियाँसंग हारगुहार गर्नुपर्ने अवस्था छ । जेनतेन अस्पताल जाने चाँजोपाँजो मिलाए पनि वेड छ कि छैन, छैन भने कुन अस्पतालमा छ भनेर खोज्दाखोज्दै समय वित्छ । हामीले विगत ७० वर्षदेखि लोकतन्त्रको माग गरिरàौँ तर लोकतन्त्रमा के के प्राप्त गर्न पाउनु पर्छ, हाम्रा मौलिक हक के के हुनु पर्छ र ति मौलिक हक कसरी प्राप्त हुनु पर्छ भन्ने चाहिँ थाहै पाएनौँ । सरकार हाम्रो अभिभावक हो र हुनुपर्छ भन्ने चेत नै भएन ।

हामीमा भएको दास मनोवृत्तिले हामीले पाउनु पर्ने मौलिक हक पनि ठूला बढाको कृपाले पाइने दानजस्तो बनाएको छ । ‘मेरो एक कल फोनको भरमा मेरा सेवकहरू मेरो दैलोमा आउनुपर्छ’ भन्ने नागरिक सर्वोच्चताको सामान्य सुझबुझ पनि छैन । संविधानमा ‘नागरिक सर्वोच्चता’ लेखिएको छ तर व्यवहारमा ‘कर्मचारी र नेता सर्वोच्चता’ अभ्यास छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नीजिलाई नाफामुखी व्यापार गर्न छुट दियौँ । त्यसैले त यता नागरिकहरूले उपचार नपाई भट्टाभट मृत्युवरण गरिरहँदा उता जिम्मेवार मन्त्रालयका मन्त्रीले ‘एजेन्टले कमिशन माग्दा खोप खरिद गरी ल्याउन गाह्रो भयो’ भनी निरिहता प्रकट गर्दै छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu