Connect with us
Kapilvast Forest

महामारीले जगाइदिएको २५ वर्ष पूरानो गीत “हावामा फैलियो मधुरो गित”

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-प्रगति देवकोटाले आफूले स्कूल पढ्दा कोरेको २५ वर्षअघि लेखेको

गीतको भाका सारै उदास,

कसैको मन रोए जस्तो

तुवालो झैँ जता ततै सब

आसुँले धोए जस्तो
कविताको हरफ हो यो।

कोभिड(१९ महामारीपछि धेरैमा देखिन् उस्तै चिन्ता र भय। त्यसैले सन्दर्भ मिल्दो परिस्थितिमा थन्किएर रहेका ती शब्दहरूले चमत्कार पाएकाछन  । र, बन्यो गीत हावामा फैलियो मधुरो गीत।

यसै साता भिडियोसहित युट्युब रिलिज भएको उक्त गित देवकोटाको शब्दमा रहेको उक्त गित संगीतकार संजीव सिंहले संगीत भर्नु भएको छ भने     एलिना चौहानले स्वर  दिनुभएको ।

गीतमा महामारी काल भोगिरहेको व्यक्तिको मनोविज्ञान चित्रित छ। त्यो मनोविज्ञानलाई भिडियोमा छायाँमार्फत् प्रतीकात्मक ढङ्गमा देखाइएको छ। त्यो कालो छायाँले मूल पात्रलाई लखेटिरहेछ। जसरी कोरोना, संक्रमण,अभाव र मृत्युको भयले आम मानिसलाई लखेटिरहेछ।

भिडियोको निर्देशन कवि सुवेदी र पुजन सापकोटाले गर्नु भएको छ ।गीतकार प्रगति अस्ट्रेलियामा रहेर नेपाली गीत लेखनमा सक्रिय छिन्। गत वर्ष उनको शब्द रहेको गाडी गुड्छ नेपाली, उकाली र ओरालीु सार्वजनिक भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu