Connect with us
Kapilvast Forest

पूजा र आँचल पहिलो पल्ट भिडियोमा सँगै

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिनु भएको छ । गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो ।

भिडियोमा गायक रोशनले पनि अभिनय गर्नु भएको छ । यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गर्नु भएको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu