Connect with us
Kapilvast Forest

जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स 

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर कोरोना सङ्क्रमित बोक्नका लागि प्रयोग ल्याइएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख उपप्रमुखको सवारी

काठमाडौं-स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग आउन थालेका छन  ।

 

सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोगमा आएका छन  ।

आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ  । कतिपय सवारीसाधनमा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था गरी सवारीसाधनलाई अस्थायी एम्बुलेन्स बनाइएको छ भने कतिपय पालिकाले कोरोनाका सङ्क्रमित बोक्नका लागि मात्र सवारीसाधन प्रयोग ल्याइएको छ ।

काठमाडौँका टोखा, रुपन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर नगरपालिकाका र रसुवाको कालिका गाउँपालिकाका प्रमुखले चढ्दै आएको सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य सामग्री बोक्न प्रयोगमा आएका छन । रसुवाको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारीले समुदायमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा आफूले प्रयोग गरिरहेको सवारीसाधन सङ्क्रमित बोक्न प्रयोग गर्नु आफ्नो दायित्व सम्झेको बताउनु भयो । काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पनि आफ्नो सवारीसाधन स्वास्थ्य सामग्री ओसारपसार र प्रशासनिक कार्यमा प्रयोग भइरहेको बताउनु भयो । गोरखापत्रमा खबर छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu