Connect with us
Kapilvast Forest

‘मातातीर्थ औंसीमा आमालाई उपहार बिर्सेका छैनन् ‘आमा’ (भिडियो)

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – यो महामारीको परिस्थितिमा पनि नेपाली कलाकारहरूले आफ्नो परम्परा झल्काउने सिर्जनालाई भने निरन्तरता दिइनै रहेका छन्। यो कोरोना महामारीको बीचमा पनि कलाकारहरूले मातातीर्थ औंसीको अवसर पारेर गायक प्रवीण राजथलाले आमालाई स्मरण गर्न बिर्सेका छैनन्   ‘आमा’ बोलको गीत सार्वजनिक गर्नु भएको छ ।सम्पूर्ण आमाहरूमा समर्पण गरिएको उक्त भिडियोकी निर्मात्री एलिजा महर्जन हुन्।

गीतमा प्रवीणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ छ। गीतको भिडियोमा प्रवीण, सवी वज्राचार्य चौलागाईं र सम्मन चौलागाईं फिचर्ड छन्।

भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र सत्यराज चौलागाईंको निर्देशन छ।
भिडियो

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu