Connect with us
Kapilvast Forest

बुटवलको कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

corona-hospital-butwal

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा पुन अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको छ ।

आईसीयूका बिरामीलाई धिमा गतिमा मात्रै अक्सिजन दिइएको अस्पतालले जनाएको छ । यहाँ आईसीयूमा १६ र एचडीयूमा ३६ गरी ५२ बिरामी छन् । अस्पतालले एचडीयू र आईसीयूमा भर्ना भएका बिरामीलाई समेत आफैं अक्सिजन जोहो गर्न आग्रह गरेको छ ।

अस्पतालले आफैं अक्सिजन जुटाउन भनेपछि जटिल खालका बिरामी र उनीहरूका आफन्त तनाबमा छन् । एचडीयूमा रहेका बिरामी तिलोत्तमाका हिक्मत चौधरीले बिहानैदेखि आफन्त र चिनजानका मान्छे गुहारेका छन् । ‘बिहान ३ बजेदेखि अक्सिजन झिकिएको हो,’ उनले भने ‘अस्पतालले आफैं अक्सिजन ल्याएमात्रै लगाइदिन्छौं भन्छ ।’

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले तालिकाअनुसार सोमबार साँझ आउनुपर्ने अक्सिजन बिहानसम्म नआएपछि समस्या भएको बताउनुभयो ।

कोरोना विशेष अस्पताल सञ्चालन गरेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले तालिकाअनुसार अक्सिजन नआउँदा समस्या भएको बताउनुभयो । सम्झौता भएको बाँकेको एचओ कम्पनीले एक सातायता आपूर्ति रोकेको छ । बाँकेबाट अक्सिजन नआएपछि रूपन्देही जिल्ला प्रशासन, ग्यास उद्योगी र अस्पताल बसेर ४ दिनअघि तालिका बनाएका थिए । रूपन्देहीमा रहेको शंकर अक्सिजन ग्यास प्रालिले पूर्वनिर्धिारित परिमाणमा उत्पादन नभएको भन्दै अक्सिजन नदिँदा समस्या भएको सूचना अधिकारी गौतमले बताउनुभयो । कान्तिपुरबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu