Connect with us
Kapilvast Forest

खाेपबारे गलत प्रचार दुर्भाग्यपूर्ण : मन्त्री त्रिपाठी

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउनुभएको छ । मन्त्री त्रिपाठीले सरकारले जिटूजीमार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्धको खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरतिका कुरा नबोल्न आग्रह गर्दै उहाँले सरकारले प्रति डोज खोपलाई ४ अमेरिकी डलरमा खरिद गरेको जानकारी दिनुभयो ।

कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएकाे तर अनर्गल र झुटा प्रचारप्रसार भएको बताउनुहुँदै उहाँले सोमबार प्रतिनिधिसभा बैठकमा नेताहरुले खोप खरिदसम्बन्धी कुनै तथ्याङ्क र आधारहीन कुरा गरेको बताउनुभयो ।

‘म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्याङ्क, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झुटा र आत्मरतिका लागि नबोल्नुहोस्,’उहाँले भन्नुभयो ।
‘नेपाल सरकारले राष्ट्र बैंकमार्फत कम्पनीलाई ८० प्रतिशत रकम पठाएको हो । त्यसबाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढङ्गले प्रचारप्रसार भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ,’ उहाँले भन्नुभयो ।

सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउनुहुँदै उहाँले जीटूजी मार्फत खोप खरिद गरिएको प्रष्ट्याउनुभएको थियो । साथै नेपाल सरकारले करिब एक करोड डाेजभन्दा बढी खोप खरिद गर्नेसमेत उहाँले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu