Connect with us
Kapilvast Forest

झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्।मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका(१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।

होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।एसएसपी सिंहका अनुसार उनीहरूबाट प्रहरीले १० लाख ९० हजार बढी रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu