Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १० दिन थपियो निषेधाज्ञा

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

 

कपिलवस्तु-कोरोना संक्रमण संक्रमितको संख्या बढे पछि कपिलवस्तुमा १० दिनकालागि निषेधाज्ञा थपिएको छ । गत बैशाख २० देखि ३१ गते सम्मकालागि निषेधाज्ञा जारी रहेको अवस्थामा १० दिनकालागि पुनः थपिएको हो । बुधवार प्रशासन कार्यालयमा बसेको कोरोना संकट ब्यवस्थापन केन्द्र ( डिसिएमी ) ले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो ।

प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि १० दिनकालागि निषेधाज्ञा थपिएको बताउनु भयो । जेठ १० गते राति १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ । अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताउनु भयो ।

खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि भनै दैनिक बिहान ९ बजे देखि दिउसो १ जे सम्म समय तोकिएको छ । निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ ।

बिहान नौ देखि दिउसो १ जे सम्मकालागि किनमेलको दिइएको समयमा अब प्रशासन कार्यालयले जारी गरेको पास बिना सवारी साधन समेत चलाउन नपाउने समेत निर्णय भएको प्रजिअ पाण्डेयले बताउनु भयो ।

बजारहरुमा अनाश्पयक भीडभाड र जमघट बढेकोले अब पासबाट मात्र सवारी साधन चलाउन नियम बनाइएको उहाँले बताउनु भयो । अत्यावश्यक सेवा भएकाले बैक संचालनमा भने रोक नलगाइएको उहाँले बताउनु भयो ।जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ भने आजै ७६ संक्रमित कोरोनामुक्त भएका छन् ।कपिलवस्तुमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएसंगै मृत्यु हुनेको एक सय पुगेकोे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu