Connect with us
Kapilvast Forest

मन्त्री रायमाझीले अर्घाखाँची पठाए स्वास्थ्य सामाग्री

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं -ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाउनुभयो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाउनुभएको हो ।

वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको जानकारी दिनुभएको छ ।

उहाँले पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको जानकारी दिनुभएको छ । मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गनुृ भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu