Connect with us
Kapilvast Forest

कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । उहाँले बुधबार तीन नयाँ मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री मा रुकुम पश्चिमका गोपाल शर्मा ,आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुर्खेतका बिन्दमान विष्ट यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली जलस्रोत मन्त्री बन्नुभएको छ । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।

आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याउनुभएको हो । आजै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीले राजीनामा दिनुभएको थियो ।

राजीनामा दिनेहरु माओवादी केन्द्रकै मन्त्रीहरुहुनुन्थ्यो। उहाँहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन । गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गर्नु भएको थियो ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu