Connect with us
Kapilvast Forest

अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न रुपन्देही कांग्रेसको माग

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

बुटवल – नेपाली कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।अक्सिजन अभावमा अस्पताल पुगेका कोभिड १९ संक्रमित बिरामीले मृत्युवरण गर्नु परिरहेको भन्दै कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको भरपर्दो व्यवस्थापन गर्न माग गरेको हो।

नेपाली कांग्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बुधबार विज्ञप्ती जारी गर्दै अक्सिजन सहज व्यवस्थापन गर्न माग गरेका हुन्। अस्पताल भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्ने काम भएकाले तत्काल प्रभावकारी कदम चाल्न कांग्रेसले सरकारको ध्यानार्कषण गराएको छ।

भैरहवाको भीम अस्पताल, बुटवलको कोभिड अस्पतालसहित अन्य निजी अस्पतालमा समेत अक्सिजन सकिएर बिरामीको मृत्यु भएको, भैरहवा मेडिकल कलेजले अक्सिजनकै अभावमा बिरामी भर्ना लिन छोडेको र भर्ना भएका बिरामीलाई समेत डिस्चार्ज गरिदिँदा स्थिती भयावह बन्दै गएको कांग्रेसको गुनासो छ। यसतर्फ तत्काल राज्यका निकायको ध्यान पुग्नुपर्ने उसको माग छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu