Connect with us
Kapilvast Forest

निजी अस्पताललाई १५ दिनभित्र प्लान्ट जडान गर्न निर्देशन

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

jagesor

 

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ । प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय गर्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनु भयो  ।

५ सयभन्दा बढी बेड भएका मेडिकल कलेजमा समेत अक्सिजन प्लान्ट छैन । तिनीहरू अक्सिजन सिलिन्डरकै भरमा छन् । पर्याप्त अक्सिजन नभएकै कारण निजी अस्पतालले गम्भीर प्रकृतिका कोरोना संक्रमित नलिने सूचना नै जारी गरेका छन् । सरकारले अक्सिजन दिन नसक्दा बिरामी भर्ना गर्न नसकिएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताउनु भयो  ।

मन्त्रालयका प्रवक्ता डा। गौतमले अक्सिजनको समस्या व्यवस्थापन हुन अझै ४ दिन लाग्ने बताउनु भयो  । ‘अहिले उत्पादन नै कम छ । सिलिन्डर कम छ । जहाँ धेरै बिरामी छन्, त्यहाँ धेरै अक्सिजन र जहाँ बिरामी कम छन्, त्यहाँ थोरै वितरण गर्ने हो,’ उहाँले भन्ु भयो , ‘निजी अस्पतालले जति अक्सिजन पुग्छ, त्यति बिरामी लिने हो । निजी अस्पतालले पनि अक्सिजनको प्लान्ट वा ट्यांक राख्नुपर्छ । अर्काले उत्पादन गरेको अक्सिजन ल्याएर झारा टार्ने गरी काम मात्र चलाएर भएन नि ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu