Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता तय

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राख्नुभएको थियो ।

ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताउनुभयो । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, उहाँले भन्नुभयो ।

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गर्नु भउको थियो ।भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राख्नुभउको थियो । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिनुभएको थियो । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राख्नुभएको थियो ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउनुभयो ।

‘कुराकानी सुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भन्नुभयो । बालुवाटारमा स्थायी कमिटीको बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu