Connect with us
Kapilvast Forest

आठ हजार ८४२कोरोना सङ्क्रमित थपिए, पाँच हजार ५५ निकाे भए, २१४ को मृत्यु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

corona

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभएको हो ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन्

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu