Connect with us
Kapilvast Forest

फेरि ओली नै प्रधानमन्त्री नियुक्त,सपथ ग्रहण शुक्रबार दिउँसो हुने

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट विहिवार राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो ।

यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली फेरि प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ ।

यस्तो छ पत्र

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu