Connect with us
Kapilvast Forest

सबै मन्त्री पदमुक्त, आज मन्त्रिपरिषद विस्तार हुने

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौंँ – संघीय सरकारका सबै मन्त्रीहरु पदमुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त हुनु भएको हो ।

ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त हुनु भएको थियो । त्यसयता उहाँकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उहाँले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको हो ।

तर उहाँको नेतृत्वमा रहेको सरकारमा कसैलाई मन्त्री नियुक्त गरिएको छैन । स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले सपथ लिँदै मन्त्रिपरिषद विस्तार गर्नुहुने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu