Connect with us
Kapilvast Forest

विश्वभर १६ करोड १८ लाखमा संक्रमण, १३ करोड ९६ लाखले जिते काेराेना

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

corona_world.png
प्रतिनिधिमुलक तस्विर

एजेन्सी – विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ३४८ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ४० हजार २०८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।हालसम्म विश्वभर १६ करोड १८ लाख १७ हजार १०१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ९६ लाख १७ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ५८ हजार १५० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ४६६ जनाको ज्यान गएको छ । १ लाख ५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३१ हजार १९१ जनामा संक्रमण भइसकेको छ ।त्यस्तै, ३ लाख २१ हजार ५१८ जना संक्रमित निको भइसकेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu