Connect with us
Kapilvast Forest

आजको मौसम : अधिकांश क्षेत्रमा मौसम बदली, पहाडी भू-भागमा वर्षाको सम्भावना

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- आज देशका अधिकांश स्थानमा मौसम बदली रहने छ। यस्तै, केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका ेकही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशभरि पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू-भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu