Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट बुबा र दुई छोराको मृत्यु

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

corona

बागलुङ –बागलुङको बडिगाड गाउँपालिका -४ मा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ ।एक हप्ताको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । परिवारकै तीन जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।

मृतक तीनै जना केही समयअघि जलजला गाउँमा भएको विवाह समारोहमा सहभागी भएका थिए ।विवाह भोजमा सहभागीहरुमध्ये करिब तीन दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् ।उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको बागलुङको धौलागिरी र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu