Connect with us
Kapilvast Forest

विपदमा परेका शितगंगा नगरबासीलाई मामा भान्जाले सहयोग गर्ने उद्‌घोष

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

अर्घाखाँची -जिल्लाको शितगंगा नगरपालिकाका दुई युवाले जनताको सेवा गर्ने उद्‌घोष गरेका छन ।कोरोना भाईरस (कोभिड १९) को दोस्रो लहरले देशव्यापी रुपमा अक्रान्त पारेको अवस्थालाई मध्यनजर गरी हरी खनाल र नारायण अधिकारीले व्यक्तिगत रुपमा सहयोग गर्ने सामाजिक संजालमार्फत उद्‌घोष गरेका हुन ।

कोरोनाका कारण जटिल परिस्थिती हुँदा पनि शितगंगा नगरपालिकाले ठोस योजना नल्याएको अवस्थामा यो घोषणा गर्नुले पनि विशेष महत्व राखेको छ ।

विगतमा पनि ति युवाहरुले सामाजिक क्षेत्रमा विभिन्न अभियानहरूको नेतृत्व गरिसकेका छ्न । सामाजिक क्षेत्रको विकासमा चासो र खबरदारी गरिरहने ति युवाको यो उद्‌घोषले पनि सिंगो शितगंगा नगरपालिकाका जनप्रतिनिधीहरु लाई कुरीकुरी गरेको छ ।

आफू बचौ अरुलाइ पनि बचाऔँ भन्ने उदेश्य राखी शितगंगा नगरपालिका बासिहरुलाई कोरोना भाइरसको कारणले कोही पनि मृत्युको मुखमा जान नपरोस भन्दै आफुहरू जनताको सेवामा तत्पर रहने कुरा बताएका छन ।

कोरोना माहामारीको कारणले कसैको पनि ज्यान गुमाउन नपरोस् भन्दै शितगंगा नगरबासीलाई स्वास्थ्य सम्बन्धि जटिल अवस्था परेको खण्डमा जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने बताएका हुन ।

समाजिक संजालमा लेखिएको अशं, ”आफू पनि बचौ अरुलाइ नि बचाउ भन्ने उदेस्यका साथ विशेष गरि सितगंगा नगरपालिका बासिहरुलाइ कोरोना भाइरस को कारणले कसैलाइ पनि दुस्ख कष्ट नहोस् भन्ने उदेश्यका साथ हामी मामा भान्जा इ सेवाहरु लियर उच्च मनोबल को साथ हजुर हरुको सेवामा तत्पर रहने छौ।

*कोरोना माहामारीको कारणले कसैको पनि अल्पाआयुमै ज्यान गुमाउन नपरोस् भन्दै सितगंगा नगरबासिहरुलाइ स्वास्थ सम्बन्धि जटिल अवस्था परेको खण्डमा जस्तोसुकै परिस्थितिमा पनि हामी सो परिस्थिति लाई समाधान को पहलमा लाग्ने छौ।

१. एम्बुलेन्स सेवा पुग्न नसकेको ठाउमा कुनै पनि माध्यमबाट बिरामिलाई हस्पिटल पुर्याउने ब्याबस्था।

२. विविध कारणले एम्बुलेन्स हस्पिटलमा उपलब्ध हुन नसकेको खण्डमा सितगंगा बासिहरुले जुनसुकै ठाँउबाट पनि सम्झिन सक्नु हुनेछ । र जुनसुकै माध्यम बाट पनि बिरामिलाइ हस्पिटल पुर्याउने ब्याबस्था रहनेछ।

३. सानातिना औसधि मुलक अति आबस्यक औसधि बिरामीको घरमै पुर्याउने ब्याबस्था रहनेछ।

४. घरमा आर्थिक अबस्था कमजोर भएर कतै मास्क सेनिटाइजर किन्न नसकेको अबस्थामा हेर बिचार गरि सक्दो सहयोग बाट उहाँ हरुलाई कोरोना भाइरस बाट बचाउने पहल रहनेछ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu