Connect with us
Kapilvast Forest

रुपन्देहीमा दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

बुटवल- रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ ।सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सयसिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग हुने अस्पतालहरुको दावी छ ।

जिल्लाका उद्योग २४ घण्टा नै सञ्चालन हुँदा पनि अस्पतालको आवश्यकता पूरा गर्न सक्दैनन् । अस्पतालका अधिकारीहरुका अनुसार जिल्लाको उत्पादनले दिनमा १५ घण्टा पनि धान्न सक्दैन ।

झन् पटक–पटक लोडसेडिङका कारण उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसकेको लुम्बिनी ग्यास उद्योगका सञ्चालक रमेश खनाल बताउँनुभयो ।fe युनिभर्सल मेडिकल कलेजमा ४ सय सिलिण्डर खपत भइरहेको ती अस्पतालहरुले जनाएका छन् ।

‘अक्सिजन भए भुइँमा सुतेर पनि उपचार गराउन विरामी र तिनका आफन्त हारगुहार गर्दै आउँछन्’ भीम अस्पतालकी मेसु डा। शकुन्तला गुप्ता भन्नुहन्छ, ‘तर अक्सिजन अभावकै कारण हामीले चाहेर पनि थप बिरामी भर्ना सकेका छैनौं ।’

अस्पतालले भनेअनुसार अक्सिजन खपत भए नभएको यकिन तथ्यांक लिन प्रशासनले प्राविधिकको टोली बनाएर अध्ययन र अनुगमन शुरु गरेको प्रजिअ तामाङले बताउनुभयो ।
‘विशेषगरी निजी मेडिकल कलेजले अक्सिजनको अभाव देखाएर उपचारबाट पन्छिन कतै प्रोभोक त गरिरहेका छैनन् भन्ने प्रश्न पनि उठेको छ, त्यसैले हामी अनुगमन र अध्ययन गरेर यकिन तथ्यांक सार्वजनिक गर्छौं’ उहाँले भन्नुभयो ।

माग अनुसार अक्सिजन सिलिण्डरको सुनिश्चिचता नभएकाले लुम्बिनी प्रादेशिकले २५ र युनिभर्सल मेडिकल कलेजले २५ एचडीयू बेडमा विरामी भर्ना गरेर उपचार दिन नसकेको बताएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu