Connect with us
Kapilvast Forest

हेटौंडामा एन्टिजेन किट अभाव

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

हेटौंडा – हेटौंडामा एन्टिजेन परीक्षण किट अभाव भएको छ। अस्पतालमा आकस्मिक शल्यक्रिया वा तत्काल उपचार गर्नुपर्ने अन्य रोगका बिरामीको कोरोना संक्रमण रहे÷नरहेको पहिचान गर्न एन्टिजेन विधिको प्रयोग गरिन्छ।

हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन भोला चौलागाइले शनिबारदेखि एन्टिजेन परीक्षण किट अभाव भएको बताउनु भयो । गम्भीर अवस्थामा रहेका बिरामी, गर्भवती वा अन्य बिरामीको तत्काल अपरेसन तथा उपचार गर्नु परे उनीहरुमा कोरोना छ छैन छिटो पत्ता लगाउन एन्टिजेन किटको प्रयोग गर्दै आएको उहाँले बताउनु भयो ।

‘यस विधिले गर्दा पनि धेरैलाई समयमा उपचार पाउन सहज भइरहेको थियो,’ उहाँले भन्नु भयो , ‘अब किट सकिएसँगै सबै बिरामीले पिसिआर गर्नु पर्दा उपचारमा ढिलाइ हुनसक्छ। पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट आउन समय लाग्छ।’

स्वास्थ्य कार्यालय मकवानपुरसँग पटक पटक किट माग गर्दा पनि हालसम्म उपलब्ध नभएको उहाँको भनाइ छ। चौलागाईंका अनुसार हाल हेटौंडामा दैनिक २० जनाको हाराहारीमा एन्टिजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ। हेटौंडा–२ मा रहेको स्वास्थ्य केन्द्रबाट एन्टिजेन परीक्षण हुने गरेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu