Connect with us
Kapilvast Forest

रुपन्देहीका अक्सिजन प्लान्टमा सेना परिचालन गरिने

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

 

रूपन्देही — जिल्लामा अक्सिजन सिलिन्डर वितरण व्यवस्थित गर्न शनिबारबाट सेना परिचालन गरिने भएको छ । अक्सिजन प्लान्टमा प्रहरी तैनाथ हुँदै गरेकामा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायसहितका सरोकारवालाको शुक्रबार बसेको बैठकले अब सेना परिचालन गर्ने निर्णय गरेको हो ।

‘अक्सिजनको उत्पादन र वितरण प्रक्रिया सहज गर्न सेना परिचालन गर्न लागिएको हो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भन्नु भयो।

 

जिल्लामा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् । ती उद्योगले दिनमा १ हजार १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेका छन् । बढ्दो मागका कारण सबै अक्सिजन प्लान्टमा लामो लाइन लाग्ने गरेको छ । खाली सिलिन्डर बोकेर अस्पताल, स्थानीय पालिकाका कर्मचारी र संक्रमितका आफन्त दिनरात लाइन लाग्ने गरेका छन् । सिलिन्डर भरिनेबित्तिकै खोसाखोस हुने गरेको छ ।

भारतबाट ५ सय सिलिन्डर लिक्विड अक्सिजन शुक्रबार बिहान भैरहवा ल्याइएको छ । ल्यान्ड इन्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालिको यहाँस्थित फर्मले अक्सिजन आयात गरेको हो । केही दिनअघिसम्म भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । यसबारेमा सरकारले भारतसित कुरा गरेपछि नेपालका लागि निर्यात खुला गरिएको थियो । एक साताअघि नेपालगन्ज नाका हुँदै एक ट्यांक लिक्विड अक्सिजन भित्रिएको थियो । मुलुकमा अभाव हुन नदिन सरकारले अक्सिजनको आयातमा भन्सार छुट गरेको छ ।

भारतबाट ल्याइएको अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रूपन्देहीको छिपागढस्थित प्लान्टबाट सिलिन्डरमा भरिनेछ । प्रालिका सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट आयात गर्न नसकिएको बताउनु भयो  ।

 

यसैबीच, रूपन्देहीमा थप दुई अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । देवदह मेडिकल कलेजले शुक्रबार र बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)ले बिहीबार संक्रमितको उपचार गर्न थालेका हुन् । यसअघि संक्रमितको उपचार गरिरहेका तीनवटा अस्पतालमा बिरामी भरिभराउ छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu