Connect with us
Kapilvast Forest

काेभिड नियन्त्रण गर्न सबै सजग बनौं : वडा अध्यक्ष खडका

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

सुर्य गुरुङ्ग
आफू मात्र सजग भएर काेभिड नियन्त्रण नहुने सबै सजग भए काेभिड नियन्त्रण तथा न्यूनीकरण गर्न सकिने वडा अध्यक्ष चुर बहादुर खडकाले बताउनु भएको छ ।
सिङ्गो मानव जाति काेभिडको चपेटामा परेको बेला मेरो परिवार सुरक्षित छ म सुरक्षीत छु म सचेत छु भन्नु बुद्धिमानी नहुने आफू सचेत भई अरुलाई पनि सचेत बनाउनु पर्ने वहाको भनाई छ ।
काेभिडको लक्षण देखिदा समेत काेभिड परिक्षण गर्न नजानु मेडिकल जाने औषधि खाने अनि म ठिक छु भन्दै खुलेयाम घुम्नेहरुबाट संक्रमण फैलन मद्दत भएको उ आफुले आफ्नो ज्यान समेत जोखिममा पर्ने गरेको अध्यक्ष खडकाको भनाई छ।
अझै पनि पोजेटिभ देखिए आईसुलेसन पठाउछ्न राम्रो स्याहार हुन्न भन्ने भ्रम रहेकोले यस्तो भ्रममा नपर्न भन्दै आफ्नो छर छिमेकमा कोही कसैलाई यस्तो लक्षण देखिए परिक्षण गर्न जान सल्लाह दिन समेत सबैमा आग्रह गर्नुभयो ।
शनिबार शिवराज नगरपालिका ९ को कार्यालयमा दोस्रो लहरको काेभिड रोकथाम तथा नियन्त्रण सम्बन्धि बसेको सर्बपक्षिय भेलाले आगामी दिनमा लक्षण देखिएका सबै नागरिकलाई परिक्षणको दायरा बढाई सबैको परिक्षण गर्ने ,संक्रमीत भई होम आईसोलेसनमा बसेकालाई स्वस्थकर्मी द्वारा भेट वा सन्चार माध्यम द्वारा निगरानी र परामर्शलाई थप प्रभावकारी बनाउने ,बिवाह भोज भतेर लगायत मानिसको भिडभाड हुने सबै किसिमको गतिविधिहरुमा पुर्ण रोक लगाउने ,रिकोभरी सेन्टरलाई थप ब्यवस्थित बनाउनदै लैजाने ,सरोकारवाला सबैले एन्टिजिन परिक्षण र काेभिड संक्रमण रोकथाम र काेभिड बाट बच्ने उपायहरु समुदाय स्तरमा विभिन्न मध्याम प्रयोग गरि सचेतना फैलाउने ,दैनिक ज्याला मजदुरी गरि जिबिको पार्जन गर्ने ब्याक्तीहरुलाई स्वस्थ्य सुरक्षाको मापदण्ड पालन गरि कार्य गर्न सचेत गर्ने वाड भित्र निजि क्लिनिकहरुमा चेक जाचका लागी काेभिडका लक्षण देखिएका ब्याक्तीहरुलाई एन्टिजिन जाचका लागि पठाउन त्यस्ता क्लिनिकहरुलाई निर्देशन गर्न लगायत को निर्णय गरेको छ ।
बैशाख १९ देखि शिवगढी स्वस्थ्य चौकीको ल्याब मार्फत लक्षण देखिएका १३८ जनाको परिक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको थियो । पुर्णरुपमा २ जना ठिक भएको छ ।४२ जना होम आईसोलेसन रिकोभरी सेन्टरमा २९ जना र १ जनाको मृत्यु भएको छ । हाल सबैको स्वास्थ अवस्था सामान्य रहेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu