Connect with us
Kapilvast Forest

जस्मिन हस्पिटलले विरामीबाट बढी रकम असुल्दै, आवाज उठाउने पत्रकारलाई धम्की

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु-
नगरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्यलाई सुलभ र सहज बनाउने उद्देश्यले कपिलवस्तु चन्द्रौटामा खुलेको केही निजि अस्पताल र क्लिनिकले बढी रकम असुलेको पाइएको छ । विरामीहरुबाट बढी रकम असुलेको भन्दै यस क्षेत्रका नागरिक दुखेसो पोखेका छन । कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही चन्द्रौटामा रहेको निजि निजी अस्पतालले भने विरामीलाइ उपचार गरेर सेवा प्रदान गर्नुको साटो कमाउ धन्दा सुरु गरेको छ ।
निजि अस्पताल, क्लिनिकहरुले चर्को मुल्य लिएको जनगुनासो बढी रहेको अवस्थामा चन्द्रौटाकै जस्मिन हस्पिटल प्रा.लीले चर्को मुल्य लिएको तथ्य बाहिरीएको छ ।   जस्मिन हस्पिटलले महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको हो ।
औषधिको मुल्य भन्दा बढी रकम असुली ।।
जस्मिन अस्पतालले नेपाल सरकारले तोकेको रकम भन्दा बढि रकम असुलेको छ । बजरमा पाइने  मुल्य भन्दा कैैैैयौं गुणा रकम  असुलेको छ । ‘विरामीप्रति संवेदनशील हुनुपर्ने ठाउँमा विभिन्न शुल्क उठाएर भ्रष्टाचार गरेको देखिन्छ । औषधिको मूल्य पनि फरक फरक पाइएको हो ।
अस्पतालले सामान्य ज्वरो आएका विरामीको मात्रै केहि औसधि थमाएर २ हजार भन्दा बढी लिने गरेको एक विरामीले बताए ।
जस्मिन हस्पिटलको फेसबुक पेजबाट धम्की समेत आएको छ । केही पत्रकारहरुले अस्पतालको विरुद्धमा आवाज उठाउदा अस्पतालले धम्की समेत दिएको छ । हस्पिटलको पेेेजबाट अन्तिम पटक भन्दै धम्की आएको हो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता बहादुर दर्जी र न्युज सेन्टर नेपालका समाचार सम्पादक अर्जुन बेल्बासेलाई हस्पिटलको पेजबाट धम्की दिएको हो । पत्रकार दर्जी र बेल्बासेले हस्पिटलले औसधिको बढी मुल्य लिएको आफ्नो फेसबुकमा लेखेका थिए । यसरी पत्रकारलाई धम्की दिनु गलत भएको न्युज सेन्टर नेपालका प्रबन्धक निर्देशक सनिउल्ला धोबीले बताउनु भयो । पत्रकारलाई सामाजिक सन्जाल मार्फत धम्कि दिनु प्रेस स्वातन्त्रता विपरीत भएको उहाले बताउनु भयो ।

सन्चालक खानले भने कम्जोरी भयो   ।।  जस्मिन हस्पिटल  व्यवस्थापक सकिल अहमद खानले आफुहरुले बढी रक्म नलिएको बताएका छ्न । आफू हस्पिटलमा नभएकोले केही कमजोरी भएको स्वीकार गर्दै सुधार गर्ने बताउनु भयो । तपाईंले औषधिको विल किन दिन्नु हुन्न भन्ने प्रश्नमा अस्पताल संन्चालक खानले विल छपाई गर्न दिएको बताउनु भयो ।
उक्त अस्पताल गत पुष ९ गते शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले दिप प्रज्वालन र रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।                                                          हस्पिटल  दर्तामै शंका 

जस्मिन हस्पिटल शिवराज नगरपालिकामा मात्र दर्ता गरेको प्रमाणपत्र समेत समाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेको छ । अन्य कागजात सार्वजनिक गरिदा यसरी दर्ता नभएको हो कि भन्ने स्थानीयले शंका गरेका छन  ।  जबकी कुनै पनि अस्पताल दर्ता गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्र दर्ता हुने प्रवाधान रहेको छ । नेपाल मेडिकल काउन्सिलको प्रक्रिया समेत पूरा नगरी हस्पिटल संचालन गरिएको स्रोतले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu