Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

किरणमान बज्राचार्य,कपिलवस्तु-अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आए पछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडोभन्दा चाडो निर्माण गरिने भएको हो । अक्सिजन प्लान्ट निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिनु भयो । प्रदेश सरकारले सहयोग नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उहाँले बताउनु भयो ।

‘ अक्सिजन अभावमा बिरामीहरु छटपटाई रहेका छन, हारगुहार गर्दा पनि पाउन गाह्रो छ ’ मेयर सिंहले भन्नु भयो ‘ बिरामीको उचारमा सहजताकालागि अक्सिन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेका छौ ’ । जति सक्दो चाडो प्लान्ट निर्माण गरिने उहाँले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पोडेलले प्रदेश सरकार र अन्य पातिलकासंग समन्वय र सहकार्य गरी प्लान्ट निर्मााण्को प्रकृया अघि बढाएको बताउनु भयो । उहाँले जिल्लाका पालिका र दाताहरुले आफुरुको यो अभियानमा सहकार्य र साथ दिन आग्रह गर्नु भयो ।

नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कोरोनो यो महामारीमा आफुहरुले सामाजिक विकासको बजेट स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनु भयो । उनले महामारीको रोकथाम गरी संक्रमितहरुको उपचार आफुहरुको दायित्व र प्राथमिकतामा रहेको बताउनु भयो ।

वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफनो वडाको सामाजिक र अन्य क्षेत्रमा खर्च गर्र्न बाकी रहेको रकम कोरोना महामारी नियन्त्रण अभियानमा खर्च गर्न आफु तयार रहेको बताउनु भयो ।

‘ अहिलेको कठिन समयामा मानिसको जीवन रक्षा नै हाम्रो प्राथमिकता हो, यसमा हामी गंभीर छौ ’ उहाँले भन्नु भयो । उता सांसद अभिषेका प्रताप शाह, बृजेश कुमार गुप्ता र चक्रपाण्ी खनाल बलदेब समेत कोरोना माहामारी नियन्त्रणको पहलमा जुट्नु भएको छ भएको छ ।

कपिलवस्तु अस्पतालमा १ सय २६ वटा अक्सिजन सिलिन्डर भए पनि ग्यास उद्योगबाट सहज आपुर्ति नहुदा उपचारमा समस्या आएको छ । अस्पतालमा दैनिक ४० वटा सिलिन्डर खपत हुने गरेका ब्यवस्थाकि रत्नाकर शुक्लाले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu