Connect with us
Kapilvast Forest

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

yemale-1.jpg

काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएको नेता नेपालले जानकारी दिए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुन्छ । यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहनु भएको छ ।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताउनु भयो । दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएको हो।

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ।

गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो। शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आइतबार त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu