Connect with us
Kapilvast Forest

प्यूठानको ऐरावतीमा आगलागीबाट १४ घरगोठ जले

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

प्यूठान-प्यूठानको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार साँझ आगलागी हुँदा १४ वटा घरगोठ जलेर नष्ट्र भएका छन्। आगलागीबाट ८ वटा घर र ६ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती,मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो ।स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षती भएको हो । आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय युवराज आचार्यले जानकारी दिनुभयो। गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

आगोलागीको खबर आएलगत्तै दाङबाङ प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

उहाँले घटनावारे एकिन बिबरण आईनसकेको पनि बताउनुभयो। आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यबस्थापन समितीबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो। स्थानियको सहयोगमाआगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu