Connect with us
Kapilvast Forest

शिवराज जेसीजद्वारा आइसोलेशनका संक्रमितलाई राहत वितरण

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-शिवराज नगरपालिका वडा न ९ को सुन्दरी डाडामा रहेको आइसोलेशन सेन्टरलाई शिवराज जेसीजले सहयो गरेको छ ।सकारत्मक कामका लागि युवाहरुको नेतृत्व भन्ने नाराका साथ आइतवार बिहान शिवराज जेसीज अध्यक्ष बुद्धिसागर सापकोटा ,पुर्व अध्यक्ष विजय सापकोटा, सरोज पौडेल,कविराज अधिकारी,विष्णु भुषाल मनिष बन्जाडे तिलक कार्की तेज प्रसाद भट्टराई यादव चन्द हरि श्रेष्ठ र शिव पराजुली लगायतले आइसोलेशन सेन्टरमा पुगेर चामल, दाल, चिउरा नुन, तेल लगायतको खाद्यान्न हस्तान्तरण गर्नु भएको हो ।

शिवराज जेसीजले दोस्रो चरणमा फैलिएको कोभिड १९ का संक्रमितहरुका लागि आइसोलेशन सेन्टरमा रहेका विरामीहरुका लागि केहि भए पनि राहत पुगोस भनेर खाद्यान्न वितरण गरिएको शिवराज जेसीजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताउनु भयो ।

शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष चुर बहादुर खड्काले अप्ठारो समयमा जेसीजले गरेको कामको प्रशन्नसा गर्नु भएको थियो । शिवराज नगरपालिका वडा न ९ मा संचालन गरिएको आइसोलेशन सेन्टरमा १६ जना संक्रमितहरुको उपचार भई रहेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu