Connect with us
Kapilvast Forest

सिख्रको गाउँमा पहिलोपटक बस पुग्यो ,स्थानीय हर्षित

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

 

अर्घाखाँची  -शितगङ्गा नगरपालिकाको सिख्रको गाउमा पहिलोपटक बस पुगेको छ । पश्चिम् यातायात समितिको लु १ ख ८०५१ नम्बरको बस पहिलो पटक बस्तीमा पुगेपछि स्थानीय हर्षित भएका हुन् । पश्चिम् बस समितिका सल्लाहकार गाडि धनी चालक नारायण अधिकारीले आफैले चलाएर गाउमा बस पुर्याएका थिए।

स्थानीयलाई साइकल चलाउन समेत अप्ठेरो हुने गरेको सिख्र गाउमा स्थानीय तह निर्वाचनपछि यो दोस्रो ट्र्याकको सडक पुगेको हो । स्थानियहरु पहिलाको पुरानो बाटोमा डबल क्याप जिप मोटर साइकल गाउमा पुर्याउन निकै कस्ट बेहुर्नु उकालो बाटोले समान ओसार पोसार गर्न कठिन परेको स्थानियहरुले बताएका थिए।

स्थानीय समाजसेवि यादब आलेले पहिलोपटक बस पुगेपछि आफू निकै खुसी भएको बताए । उनले भने, “पहिला त पैदल हिँड्न पनि गाह्रो हुन्थ्यो, साइकल चलाउनु त डराउनु पथ्र्यो अहिले त बस नै पुगेको छ, अहिले खुसी छौं ।

उनले बस्तीमा बस पुगेपछि स्थानीयलाई आवागमनमा सहज र आम्दानीका अवसर देखिएको बताए । उनले भने, बस पुगेपछि आउजाउ त सहज भई हाल्छ, त्यसबाहेक आम्दानीका अवसरपनि आए सामान ल्याउन सजिलो हुन्छ । बाटोले बस्तीका बालबालिकाले अध्ययनका लागि सबैभन्दा बढी सास्ती भोग्दै आएको स्थानीयले बताए । यो बाटो बडाचौर बजार देखि गाउमा पुग्न करिब ५ किलोमीटर रहेको छ। गाउको दुर्गम बस्तीको विकासलाई प्राथमिकता दिएर काम सुरु गरिएको बताए ।

तेस्तै स्थानिय गाउकी अगुवा महिला तथा यसै वाडकि महिला सदस्य सरस्वती क्षेत्रीले स्थानीय तह निर्वाचनको प्रतिबद्धता अनुसार हाम्रो दुर्गम बस्तीको विकासलाई प्राथमिकता दिएका छौं,पहिलो वर्ष सडक निर्माणसहित विकास निर्माणका कार्य गरिएको छ। यस वर्ष बाटोलाई चौडा गरी नया ट्र्याक खोलिएर बस चलाउन सक्ने बनाएका छौं, त्यसमा पहिलो पटक बस गुडेको छ,

यो बस्तीका लागि खुसीको कुरा हो। मोटर बाटो खन्दा उपभोक्ता समिति बनाएर खनिएको स्थानिय खडक बहादुर क्षेत्रीले जानकारी दिएका छन। यस बाटो समितिका अध्यक्ष छब बहादुर खडका र सचिब राधा क्षेत्री लगाएत गाउका समाजसेवि यादब आले लगाएतको टिमले अहोरात्र खटिएर बाटो ल्याउन सफल भएको स्थानिएले बताएका छन।

उद्घाटनका अध्यक्षता स्थानिय तथा बाटोको अध्यक्ष समेत रहेक छब बहादुर खडका,प्रमुख अतिथि यसै वाडका महिला सदस्य सरस्वती क्षेत्री,युग ज्योती आधारभुत बिद्यालयका प्रअ दिपक क्षेत्री लगाएत स्थानिय गाउलेको बिचमा बाटोको उद्घाटन गरिएको थियो । औपचारिक कार्यक्रम संचालक स्थानिय सन्तोस  आलेले गरेका थिए। सडक खन्न चालू आवमा शितगङ्गा नगरपालिका वाड न २ कार्यालयबाट ३ लाख बजेट विनियोजन गरिएको छ । वडा कार्यालयले पनि यस सडकका लागि बजेट विनियोजन गरेको वडा नं।२ का अध्यक्ष गोबर्धन थापाले बताए ।

तेस्तै संसद कोषबाट थप पाँच लाख गरि जम्मा जम्मी आठ लाख बजेटको नया ट्र्याक खोलेको थापाले बताउनु भएको छ। कार्यक्रममा वाड अध्यक्ष कोभिडलाई मध्य नजर गर्दै गाउमा बाटो पुगेको खुशी व्यक्त गर्दै फोन मार्फत बधाई दिनु भएको थियो। यो सिख्र बस्तीमा ५७ भन्दा बढी घरधुरी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu