Connect with us
Kapilvast Forest

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

धनगढी – सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध जित्नुजस्तै भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ ।

अक्सिजनका लागि कहिले कता ? कहिले कता कुद्ने गरेका छन् । अब त अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्त अक्सिजन आयो भने त्यतै कुद्छन् । अस्पतालका कर्मचारी सबैलाई यसैगरी आशा बाँडिरहेका हुन्छन् । अलिकति भए पनि खुसी बाँडिरहेका छन् । जो रात–दिन नभनी अक्सिजनका लागि अक्सिजन उद्योगमा खटिरहेका छन् । र, अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्, । जीवनको आशा बाँडिरहेका छन् ।

अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफैँ अक्सिजन जोहो गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu