Connect with us
Kapilvast Forest

पुनरागमन जितसहित एट्लेटिको उपाधि नजिक

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

  काठमाडौं- स्पानिस ला लिगामा ओसासुनाविरुद्ध पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ओसासुनालाई २-१ ले पराजित गरेको हो ।यस जितपछि अन्तिम खेल खेल्नुअघि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।

रियलले गएराति नै एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि होडमा कायमै राखेको छ । बार्सिलोना भने सेल्टा भिगोसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टे बुडिमिरले ७५औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । त्यसअघि ५९औं मिनेटमा एट्लेटिकोका स्टेफान साभिकले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिलएन ।

एक गोलले पछि परेको एट्लेटिकोका लागि ८२औं मिनेटमा रेनान लोडीले बराबरी गोल फर्काए । त्यसपछि ८८औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । जितपछि एट्लेटिकोको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको रियलको समान खेलबाट ८१ अंक छ ।

अब अन्तिम चरणमा एट्लेटिकोले रियल भाल्लोडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियलले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ । एट्लेटिकोले जित हात पारे स्वत: च्याम्पियन बन्नेछ ।

यदि एट्लेटिकोले बराबरी खेलेमा र रियल विजयी भएमा दुवै टोलीको समान ८४ अंक हुन्छ । यस्तोमा हेड टु हेडको आधारमा रियल विजेता बन्न सक्छ ।रियल भियारियलसँग बराबरीमा रोकिए वा पराजित भएमा भने एट्लेटिकोले जस्तो नतिजा भए पनि उपाधि जित्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu