Connect with us
Kapilvast Forest

एमालेले विवाद मिलाउन पूर्वमाओवादी समूह राखिएन

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

yemale-1.jpg

काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय वार्ता टोली गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

दुवै पक्ष सम्मिलित कार्यदल बनाउने भनिए पनि वरिष्ठ नेता नेपालले नेम्वाङ र रावलको नेतृत्वमा वार्ता टोली बनाइएको जानकारी दिए । टोलीमा पूर्वमाओवादी केन्द्रको रामबहादुर थापा ‘बादल’ समूहका नेताहरूलाई भने समेटिएको छैन ।

पूर्वएमालेभित्रको घरझगडा मिलाउने छलफलमा बादललाई राखिएकोमा नेपाल समूहले आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पूर्वमाओवादी समूहविनैको वार्ता टोली बनाएर पार्टी एकताको एजेन्डा टुंग्याउन सहमत भएका हुन् । वार्तापछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले पार्टी मिल्ने बताए ।

‘पार्टी मिल्छ,’ उनले भने । छलफलपछि नेता नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६ बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ । सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ ।’नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu