Connect with us
Kapilvast Forest

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

 

शुरामणि बेलबासे-नेपाली कम्यनिष्ट आन्दोलनका सिद्धान्तकार एवम जननेता मदन भण्डारी र कुसल संगठक जिवराज आश्रितको स्मृति दिवश ।
२०५० जेष्ठ ३ गते नारायणघाट मुगलिङ सडक खण्डको दास ढुंगामा वहांहरु सबार जिपलाई दुर्घटना गराई नेपाली जनताका प्यारा नेताहरुको हत्या गरिएको थियो ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको हत्या भएको २८ वर्ष पुगेको छ । यद्यपी हत्याराहरुको हाल सम्म पनि पहिचान भएको छैन । मदन–आश्रीतको हत्या पश्च्यात देशमा ठूलो
आन्दोलन भएको थियो ।

आन्दोलनको क्रममा आदा दर्जन नेपाली आमाका अन्य समुतहरुले समेत ज्यान गुमाउनु परेको थियो । हत्याराहरुको पहिचान गर्ने र तीनलाई कार्वाही भने हाल सम्म पनि हुन सकेको छैन । यस्ता ठूला हत्याकाण्डहरु शंसारका अन्य देशहरुमा पनि भईरहने, हत्याराहरु बिरलै मात्र पत्ता लाग्ने र कार्वाही हुने गरेका छन् । यस्ता ठूला हत्याकाण्डहरुमा राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको हात रहने हुंदा ती शक्तिहरु सजिलै पत्ता लाग्दैनन् । नेपालमा पनि मदन–आश्रीत र राजा बिरेन्द्रको वंशविनाशका हत्याराहरु हाल सम्म पत्ता लाग्न सकेका छैनन् । जनताको अपेक्षा छ ढिलो चांडो ती हत्यारा पत्ता लाग्नेछन् र कार्बाही हुने छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको अतुलनीय योगदान छ । मदन भण्डारीको सैद्धान्तिक योगदान जनताको बहुदलीय जनबाद हो । जनताको बहुदलीय जनबाद नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रम हो ।

अन्तराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले एक पछि अर्को असफलता भोगीरहेको समयमा नेपालमा मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई गति प्रदान गर्नु भएको थियो । कम्युनिस्ट आन्दोलन जडता र विसर्जनको सिकार भएको अबस्थामा ती दुबै अबस्थाबाट कम्युनिस्ट आन्दोलनलाई बचाई नयां जिवन दिन सफल हुनु भएको थियो ।

माक्र्सबादका तीनबटै संगठक अंगमा मदन भण्डारीले सैद्धान्तिक योगदान गर्नु भएको छ । खास गरि राज्य सत्तामा द्धन्द्धबादी सिद्धान्तको प्रतिष्ठापन र कम्युनिस्ष्ट आन्दोलनको लोकतान्त्रिकरणको मान्यता अघि सारेर माक्र्सबादी दर्शनमा महत्वपूर्ण योगदान गर्नु भएको छ । मदन भण्डारी पुर्व द्धन्द्धबादी दर्शनलाई कम्युनिस्ट आन्दोलनमा एकता, संघर्ष र संघर्षको रुपमा वा निषेधको निषेधकारुपमा मात्र प्रयोग गरिएको थिायो । कुनै उएटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टीको कल्पना गरिएको थियो ।

एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने मान्यता राख्ने र उसैले क्रान्ति गरेर जनबादी सत्ता स्थापना गर्ने तर अन्य कम्युस्टि पार्टीलाई राज्य सत्तामा ठाउं नदिने अर्थात उनीहरुलाई निषेध गर्ने मान्यता संसार भरिका कम्युनिस्ट आन्दोलनमा देखिएको अभ्यास हो । यो मान्यताबाट अघि बडदा सोभियत समाजबाद र पुर्वी युरोपका समाजबादी व्यबस्थाहरु ढलेका थिए ।

कार्ल माक्र्स र लेनिनले पूजीबााद, साम्राज्यबादको चरणमा पुगे पछि नष्ट हुन्छ भनेका थिए तर साम्राज्यबाद नष्ट नभएर अरु बलियो हुंदै गएको अबस्था देखियो भने कम्युनिस्ट राज्य सत्ता स्थापना भए पछि राज्य सत्तानै बिस्तारै ओईलाएर जाने अर्थात समाज वर्गवीहिन दिशामा जाने, जनताहरुका वीचमा वर्ग नहुने सबै समान हुदै जाने, मानिसहरु स्वतन्त्रताको दुनीयामा बिचरण गर्न पाउने भनिएकोमा, अभ्यासमा कम्युनिस्ट सत्ताहरु ईलीटहरुको हातमा जाने, वर्गवीहिनता नभई वर्गीयताको खाडल बडदै जाने, जनताको जनबादी अधिनायकत्वका ठांउमा मुठ्ठि भरका मानिसका हातमा राज्य सत्ता रहीरहने, त्यहां बिचार, संगठन र काममा प्रतिस्पर्धा नहुने अबस्था पनि देखा प¥यो ।

मानवसमाजको अहीतकारी साम्राज्यबादी शक्ति अनिवार्यरुपमा समाप्त हुनु पर्नेमा बलीयो बन्दै गएको स्थिति र सबै मानवको सुख, समृद्धि र समानता चाहने कम्युनिस्ट शक्ति कमजोर बन्दै जानुको मुख्य कारण विचार, संगठन र काममा प्रतिस्पर्धा नहुनु हो भन्ने निष्कर्श मदन भण्डारीको रहेको छ ।

माक्र्सबादी दर्शनका अनुसार प्रकृति, समाज र राजनीतिमा सर्वत्र द्धन्द्ध हुन्छ । द्धन्द्धका कारण गति र जीवन प्राप्त हन्छ भने कम्युनिस्ट राजनीतिको अभ्यासका शन्दर्भमा विचारको प्रतिस्पर्धा वा द्धन्द्धलाई निषेधकारुपमा लिने मान्यता गलत भएको र यही गलत मान्यताका कारण कम्युनिस्ट पार्टीहरु कमजोर हुने राज्य सत्ता उल्टो दिशमा जाने स्थिति देखिएको निष्कर्श सहित मदन भण्डारीले द्धन्द्धबादका नियमहरुलाई राज्य सत्ता, पार्टी, अर्थतन्त्र, आन्दोलनमा प्रतिष्ठापन गर्ने मान्यता अगाडि सार्नु भएको हो ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादले एउटै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीको विचमा बैचारिक प्रतिस्पर्धा हुनु पर्ने मान्यता अघि सारेको छ ।

कम्युनिस्ट पार्टीहरुले पनि जनताको विचमा आफ्ना नीति, कार्यक्रमहरु लगेर अनुमोदित भई राज्य सत्ता संचालन गर्नु पर्ने, यो प्रकृया नियमित आबाधिक हुनु पर्ने मान्यताका कारण आज देशमा दुई कम्युनिस्ट पार्टीका वीचमा पार्टी एकता हुने र जनमत मार्फत दुईतिहाईको सरकार संचालन गर्ने अबसर प्राप्त भएको हो ।

यदी एउटा देशमा एउटा मात्र खांटी माक्र्सबादी कम्युनिस्ट पार्टी हुन्छ अन्य कम्युनिस्ट पार्टीहरु गैर माक्र्सबादी हुन्छन भन्ने मान्यता अद्याबधिक भएको भए नेपालमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न समुहका विचमा एकता हुने र दुईतिहाईको कम्युनिस्ट सरकार बन्न असंभव हुने थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu