Connect with us
Kapilvast Forest

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताउनु भएको छ ।

उहाँले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताउनु भयो । अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि उहाँले बताउनु भयो । चिकित्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनु भयो

प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेपछि कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउउनु भयो । अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जीटूजीमार्फत् आयात गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उहाँले बताउनु भयो । चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तीन चार दिनभित्र सरकारी अस्पताललाई दिइने पनि उहाँले बताउनु भयो ।

यसैगरि, गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताउनु भयो । ठूलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भयो ।

वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताउनु भयो । अनावश्यक भर्ना भएका बिरामीलाई भन्दा अतिआवश्यक अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उहाँको भनाइ छ ।

वरिष्ठ चिकित्सक डा। भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताउनु भयो । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उहाँको जोड छ ।

९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उनले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । यो समाचारकारोबार दैनिकमा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu