Connect with us
Kapilvast Forest

शिवपुर स्वास्थ्य चौकीमा रोकिएका सबै सेवा सुचारु

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं. १ मा रहेका शिवपुर स्वास्थ्य चौकीमा रोकिएका सेवाहरु पुन सुचारु भएको छ । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरिएन्टको महामारी बढे संगै चौकीमा कार्यरत कर्मचारीमा पनि संक्रमण देखिए पछि चौकीले प्रदान गर्ने केहि सेवाप्रवाहलाई रोकेको थियो ।

आइतबार बसेको शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले कोरोनाका कारण रोकिएका सेवाहरु सुचारु गर्ने निर्णय भएको स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष जगत जि.सी.ले बताउनु भयो ।

स्वास्थ्य चौकीले २४ घन्टे प्रसुति सेवा ( बर्थिङ सेन्टर ) र आकस्मिक गर्भजाचँ सेवा तथा परामर्श बैकल्पिक बिधुत ब्यबस्थापन पछि तुरुन्तै २४ घन्टे सेवा प्रदान गर्ने , (ज्वरो क्लिनिक जाँच) सेवाको निरन्तरता (कार्यालय समयमा), (परिवार योजना) डिपो,पिल्स, कन्डम साधन उपलब्धता तथा परामर्श सेवा, सुरक्षित गर्भपतन सेवा तथा परामर्श , नियमित ओैषधि सेवन गर्ने क्षयरोग, कुष्ठरोग ,उच्च रक्तचापका ओैषधि उपलब्धता सेवा, कोबिड १९ कोरोना विशेष परामर्श तथा एन्टिजन टेस्ट कीट उपलब्धता अनुसार प्रत्येक दिन (बिदाको दिन बाहेक) दिनको १ बजे देखि २ बजे सम्म गरिने जस्ता सेवालाई पुन सुचारु गएिको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताउनु भयो । अन्य आवस्यक सेवा र परामर्श का लागि २४ सै घन्टा ९८५७०२६०५७,९८५७०५५५००, ९८५७०१४१९९ मा सम्पर्क गरि स्वास्थ्य परामर्श र स्वास्थ्य सेवा लिन सकिने समेत पौडेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu