Connect with us
Kapilvast Forest

निषेधाज्ञामा कुखुराको तस्करी बढ्यो

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा अवैधरूपमा कुखुरा तस्करी गर्ने गिरोह नै सक्रिय भएको छ। जिल्लाको कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भा खुलेयाम कुखुरा तस्करी भैरहेको छ । सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।

तर पनि सस्तो मूल्यमा किनेर ल्याइएका कुखुरा हरू तस्करी गरी नेपालका विभिन्न ठांउमा पुर्याउने गरेको पाइएको छ ।

एक तिरकोरोनाले देशको अधिकांश भागमा निषेधाज्ञा ले जनता हरूलाई विभिन्न समस्याको सामना गरिरहेका छन् भने अर्को तिर तस्कर हरू सिमा क्षेत्रमा मालामाल भैरहेको अवस्था छ ।

यस संबन्धी सिमा निगरानी तथा अन्य सरोकार वाला निकाएले ध्यान न दिएको कुरा स्पष्ट देख्न सकिन्छ ।सिमा क्षेत्रमा खट्ने नेपाल र शसस्त्र प्रहरीकै मिलोमतोमा कुखुराको तस्करी भइरहेको स्थानीय बताउँछन्। कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र चारपाङग्रे भ्यान प्रयोग हुने गरेको छ।

सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात भए पछि नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu