Connect with us
Kapilvast Forest

दाङमा सहकारीद्वारा कोराेना उपचार ऋण उपलब्ध

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

dang_NewsCenterNepal

दाङ – दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ ।

घोराहीमा रहेको सहकारीले काेराेना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

यसैबीच अक्सिजनको अभाव भएपछि दाङमा नागरिक स्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने बताउन थालेपछि नागरिकले स्वस्फूर्त रुपमा रकम संकलन गरि अक्सिजन आपूर्ति गर्न थालेका हुन् । सामाजिक सञ्जाल मार्फत गरिएको यो अभियानका कारण बिरामीको उपचारमा धेरै सहज भएको कोराेना विशेष अस्पतालहरुले जनाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu