Connect with us
Kapilvast Forest

गण्डकीमा अक्सिजनमा आत्मनिर्भर, अभावले ज्यान गएकाे छैन

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

 

 

पोखरा- अक्सिजन नपाउदाँ विरामीको मृत्यु भएका खबर आइरहेका छन् । तर गण्डकी प्रदेशमा अक्सिजन सिलिण्डर र ग्याँसका कारण ज्यान गुमाउनु परेको छैन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका दुई अक्सिजन ग्याँस कम्पनीहरुले यस क्षेत्रको माग थेगिरहेका छन् । पोखरामा अहिले बिभिन्न अस्पतालमा गरि दैनिक लगभग एक हजार सिलिण्डर ग्यास कोरोना संक्रमितको उपचारका लागि प्रयोग भैरहेको छ । पोखरामा आजको अवस्थामा दैनिक १५ सय सिलिण्डर ग्यास उत्पादन हुँदै आएको छ ।

पोखराका नीजि स्तरबाट संचालित पोखरा अक्सिजन प्रालीमा दैनिक नौ सय र कालिगण्डकी अक्सिजन प्रालिमा दैनिक छ सय सिलिण्डर ग्यास उत्पादन भईरहेको छ । दुवै कम्पनीको अधिकतम ग्यास उत्पादन क्षमता अनुसार नै अहिले अक्सिजन ग्यास उत्पादन भैरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम बताउनुहुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बाबुराम आचार्य भन्नुहुन्छ–‘अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था छैन । व्यबस्थापनमा केहि समस्या हुँदा ग्यास अभाव भएको जस्तो भएको थियो । तर पोखरामा ग्यास अभाब छैन । अहिले दुवै कम्पनीमा शसस्त्र प्रहरी राखेर बिरामीको चाप हेरेर अक्सिजन बितरण गरिरहेको छौँ । ’

आचार्यका अनुसार अहिले ग्यास अभाव नभएपनि बिरामीको चाप यसरी नै बढ्दै जाने हो भने केहि दिनमा अभाव सिर्जना हुन्छ । त्यसका लागि तयारी गर्न जरुरी त । तर अहिले कै अवस्थामा ग्याँस अभाव भने छैन ।

अक्सिजन कम्पनीका अनुसार निजी अस्पतालहरुले सरकारी अस्पतालले भन्दा ज्यादा ग्याँस खपत गरिरहेका छन । ग्यास कम्पनीमा शसस्त्र प्रहरीको निगरानी बढाएसँगै अहिले ग्यास समानुपातिक रुपमा बितरण भईरहेको आचार्यले बताउनुभयो । आचार्य भन्नुहुन्छ–‘केहिदिन पहिला समस्या आएपछि हामीले दुई कम्पनीमा शसस्त्र प्रहरीको ड्युटी खटाएका छौँ । अहिले समानुपातिक रुपमा बितरण भईरहेको छ । सिलिण्डरको व्यबस्थापन पनि चुस्त भएको छ । ’

पोखराका संचालित दुई कम्पनीका डाटा अनुसार पोखरामा ठुलो र सानो गरि लगभग तीन हजार ग्यास सिलिण्डर रहेका छन । ति सबै स्वास्थ्य क्षेत्रमा भने छैनन् । यो महामारीको समयमा निर्माण उद्योगहरुसँग समन्वय गरेर सिलिण्डर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकियो भने खास समस्या हुँदैन । पोखरामा अक्सिजन लिन अन्य प्रदेशबाट समेत आउने गरेका छन् ।

आइतबार गुल्मीबाट पाँच सिलिण्डर लिएर अक्सिजन लिन आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला बाहेक अन्य प्रदेशबाट आएकालाई समेत हामी अक्सिजन ग्यास पठाउने गरेका छौ उहाँले भन्नुभयो, ‘यहाँ अभाव भएको भए पठाउन सकिन्थेन त्यसैले यो महामारीमा मान्छे बचाउने विषय ठूलो हो ।त्यसैले दिएका छौ ।’

यसैबीच पोखरा महानगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जग्गाको प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गर्न आग्रह गर्नुभएको हो । अधिकारीको फोनपछि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिका प्रमुखलाई जग्गा खोजीका लागि आग्रह अनुरोध गर्नुभयो ।

प्लान्ट राख्नका लागि पोखरामा जग्गाको कुनै अभाव नहुने भन्दै महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख जिल्ला अधिकारीले प्लान्ट राख्नका लागि जग्गा खोज्न निस्किनुभयो । उहाँहरुले पोखराका दुई ठाँउा जग्गा हेर्नुभएको छ ।

पोखरा महानगर प्रमुख जिसीले पोखरा १२ माटेपानी र पोखरा १४ को भेडीफार्मको जग्गा देखाउनुभयो । पोखरा १२ को वडा कार्यायल नजिकै रहेको खानी तथा भुर्गभ विभागको जग्गा र १४ नम्वर वडाको पशु प्रजनन कार्यालय भेडीफार्मको जग्गा हेर्नुभयो । ती दुबै ठाँउका जग्गा उपयुक्त रहेको निष्कर्ष निकालिएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयले लिक्यूड अक्सिजन प्लान्ट उपलब्ध गराउने भएको छ ।

अक्सिजन प्लान्ट संघ सरकारले स्थापना गर्ने हो पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले भन्नुभयो,‘हामीले जग्गा मात्रै उपलब्ध गराउने हो ।त्यसका लागि हामीले आज जग्गा हेरेका छौ ।’ प्लान्ट राख्न कति क्षेत्रफल र कस्तो प्रकृतिको जग्गा चाहिने हो भन्ने बारे एकिन भएको छैन तर पोखरामा जग्गाको अभाव हुदैन् उहाँले भन्नुभयो ।

लिक्यूड अक्सिजन ग्याँसको ट्यांकी निर्माण गर्नुपर्ने भन्ने आएको छ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भन्नुभयो, ‘यो बारेमा प्राविधिकहरुसंग छलफल भैरहेको छ । त्यसैले जग्गा खोजी गरेका छौ ।’।कोरोना भाइरस संक्रमणको दोश्रो लहर फैलिएसंगै पोखरा महानगर र जिल्लास्थित डिसिएमसीले नियन्त्रण रोकथामका लागि जुटि रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu