Connect with us
Kapilvast Forest

लिडोद्धारा कपिलवस्तु अस्पताललाई ५ लाख प्रदान

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु –कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको कुरा पत्रकार महासंघले ध्यानाकर्षण गरी पहल गरे पछि लिडो नामक संस्थाले कपिलवस्तु अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गर्न ५ लाख रुपैया प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढेसंगै अक्सिजनका अभाव भएकाले उपचारमा समस्या आए पछि सस्थाले सहो सहयो गरेको हो ।

अस्पतालमा बिरामीहरुको संख्या बढे पछि उपचारमा समस्या आएको कुरा बाहिर आए पछि आफुहरुmले अस्पतालाई सो सहयोग गरेको संसथ अध्यक्ष तथा सांसद अतहर कमालले बताउनु भयो । ‘ जनतको जीवन रक्षा गनूृ हाम्रो पनि कत्तब्र्य हो, सामाजिक उत्तरदायित्व बहन गर्दै हामीेले पनि सो सहयोग गरेका हौ ’ उहाँले भन्नु भयो । सो रकमले अक्सिजन खरिद ब्यवस्थापन र बिरामीहरुको उपचारमा सहयोगी हुने उहाँले बताउनु भयो ।

कपिलवस्तु नगरपालिको अगुवाईमा निर्माण हुन लागको अक्सिजन प्लान्टको निर्माणमा समेत सहयोग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भयो । संस्थाकी ब्यवस्थापक सुनिता बेल्बासेले कतार च्यारेटीको ४ लाख ४० हजार र संस्थाको ६० हजार गरी कुल ५ लाख रकम अस्पताललाई सहयोग गरेको बताउनु भयो । उनले आगमी दिनमा समेत अस्पताललाई सहयोग गर्ने बताउनु भयोे ।

अस्पतालका मेसु किशोर बन्जाडेले लिडा संस्थालाई हार्दिक आभार ब्यक्त गर्दै अस्पतालको ब्यवस्थापनकालागि थप सहयोगकालासग अपील गर्नु भयो । ‘ हामीले अस्पतालबाट सक्दो सेवा दिईरहेका छौ, यसमा सबैको सहयोग र साथ चाहिन्छ ’ उहाँले भन्नु भयो ।

कार्यक्रममा माहुरी होमका अध्यक्ष रबि ठाकुर, गैर सरकारी महासंघका जय प्रकाश पाण्डेय, अस्पतालकाम ब्यवस्थापक रत्नाकर शुक्ला लगातयको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu