Connect with us
Kapilvast Forest

अक्सिजन प्लान्ट निर्माणकालागि बुद्ध ज्योति बोडिङद्धारा ५० हजार प्रदान

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु नगरपालिकाको अगुवाईमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट खरिदकालागि बुद्धज्योति बोडिङ स्कुलले नगरपालिकालाई ५० हजार प्रदान गरेको छ ।

स्कुलका प्राचार्य तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश गैरले नगरपालिकाका मेयर किरण सिंहलाई ५० हजाको चेक हस्तान्तरण गर्नु भएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आफनो स्कुलले नगरपालिकाको अभियानलाई सहयोग गरेको उहाँले बताउनु भयो । अक्सिजन अभावमा बिरामीहरुको उपचारमा समस्या आए पछि नगरपालिकाले आफनै अगुवाईमा अक्सिजन प्लान्ट निर्माण गर्नु धेरै राम्रो कार्य रहेको उहाँले बताउनु भयो ।

मेयर किरण सिंहले स्कुललाई धन्यबाद दिदै चाईनिज कम्पनीको ९७ लाख मुल्यको प्लान्ट खरिदकालागि प्रकृया अघि बढाइएको जानकारी दिनु भयो । बढीमा एक देखि ढेड महिना भित्र निर्माण हुने गरी कार्य अघि बढाइएको उहाँले बताउनु भयो । ‘ हामीले सहयोगकालागि प्रदेश र पालिका र दाताहरुसंग अपील गरेका छौ, ’ उहाँले भन्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu