Connect with us
Kapilvast Forest

अर्थ मन्त्रालयद्वारा गुल्मी अस्पताललाई १ करोड़ विनियोजन

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं- गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराउनु भएको हो ।

उहाँका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो ।

 

ज्ञवाली गुल्मीको क्षेत्र नं १ का जनप्रतिनिधिसमेत हुन् । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा आफ्नो तर्फबाट १० लाख रुपैयाँको जोहो गर्ने प्रतिवद्धता अर्का सांसद गोकर्ण विष्टले गरिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नं २ का जनप्रतिनिधि हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu