Connect with us
Kapilvast Forest

“साथीहरू ! बहस गराै तर तर्क सहित “

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

अशोक यादव-

जनता समाजवादी पार्टी , नेपाल विगत लामो समय देखि फरक फरक धारमा राजनिती गरिरहेका उदयमान शक्तिहरुको समिश्रण मात्र नभएर नेपाली राजनितीमा उदयमान बैकल्पिक शक्ति पनि हो । शताब्दीयौं देखि वहिष्करण र दमन खेपेका उत्पिडित राष्ट्रियताहरुको अधिकार प्राप्तिका लागि पछिल्लो दशकहरुमा एेतिहासिक राजनीतिक परिवर्तन निम्त्याउनुका साथै शान्ति , स्थायित्व , लोकतन्त्र र समृद्धिका लागि नेपाली जनतालाई उत्प्रेरित समेत गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले नेपाली समाज परिवर्तनको दिशाका रुपमा अात्मसात गरेको १. पहिचान सहितको सङ्घीता २. समाजवादी अर्थ राजनितिक दिशा ३. सहभागिता मुलक समावेशी लोकतन्त्र ४. अार्थिक सामाजिक न्याय ५ समतामुलक समृद्धि र मानवीय खुशी ६. सुशासन र सदाचार ७. समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरण ८. सामाजिक सुरक्षा सहितको लोक कल्याणकारी राज्य ९. पर्याबरणीय सन्तुलन र संरक्षण १०. बहुलता युक्त तथा बहु साँस्कृतिक राष्ट्रवाद का साथै बहँशमा रहेका ११.शासकीय स्वरुपमा परिवर्तन १२. जनलाेकपालकाे गठन १३. अार्थिक समर्द्धिकाे मार्ग चित्रका साथै संघियताकाे प्रबर्द्धन र बिकास १४. समुन्नत सङ्घीय समाजबाद जस्ता महत्त्वपूर्ण विषयको वकालत गर्दै नेपाली राजनीतिमा बैकल्पिक शक्तिको रुपमा उदयमान शक्ति हो र जसपाका नेताहरु नेपाली राजनीतिमा विश्वाशिलो छवि बनाएका कारण नेपाली जनताको अपार सहभागिता जनाउनुका साथै दिन प्रतिदिन विश्वासको वातावरण निर्माण भैरहेको महत्त्वपूर्ण समयमा नेपाली राजनीतिमा अाएको परिवर्तन संगै जसपामा केही अराजक तत्व र विदेशी चलखेलका कारण हाम्रो नेताहरुमा अाएको विचलन र अान्तरिक मतभेदका कारण परिस्थिति बदलिएको छ ।

देश गम्भीर राजनैतिक परिस्थितिबाट गुज्रिरहेका बेला जसलाई संघीयता , समावेशी र समानुपातिक प्रणालीको विरोधी मानिएको थियो , जसले मधेस र मधेसी , थारु , अादीवासी जनजाती , दलित , मुस्लिम एवं महिलाहरुको अधिकार विरुद्ध जालझेल गरेको थियो उसैको संरक्षण गर्न पार्टी भित्र छलफल र बहँस गर्नुको सट्टा सत्ता बचाउन विभिन्न मुलुकका दुतावासका गोप्य भेटघाट र दुतावासको निर्देशनमा अाफ्नै पार्टी र मुलुका विरुद्ध असंवैधानिक , अलोकतान्त्रिक एवं प्रतिगमनकारी नेतृत्वको संरक्षणमा हाथ धोएरै लाग्नु मुलुक र नेपाली जनताका लागि धोखा बाहेक अरु केही हुन सक्दैन ।

त्यतिमात्र नभएर आफ्ना सांसदहरुलाई समेत बन्धक बनाईनु मधेश र मधेसी जनताका लागि धोका एवं अवसरवादी चरित्रको उदाङ्गो रुप बाहेक अरु केही हुन सक्दैन तसर्थ यस्ता विदेशी एजेन्टहरुलाई तत्काल पार्टी नेतृत्व वाट हटाईएन भने पार्टी गंभिर दुर्घटनामा जाने निश्चित छ । किनकी पार्टी भित्रका केही नेताहरु सस्तो लोकप्रियताका लागि चर्का भाषण गरेर क्षणिकरुपमा बाहिरी अावरणमा राष्ट्रवादी छवि बनाउन खोजेपनि भित्री रुपमा खोक्रा राष्ट्रवादी , विदेशी दलालको भुमिका निर्वाह गरेका कारण जसपाको चरित्रमा काला धब्बाहरु मडारिरहेका छन ।

त्यतिमात्र होईन केही धार्मिक संघ ससंगठनका कट्टरपन्थी अतिवादी संगठनका सदस्यहरु जसपाको अग्रगामी एजेन्डाको अावरण भित्र लुकेर धर्म निरपेक्ष राज्य जस्तो अग्रगामी एजेण्डा संग घात गर्ने बाबाहरु पनि बाहिरा होईन हाम्रो बीचमै सलबलाईरहेका छन । तसर्थ यी र यस्ता प्रवृति भएका नटवरलालहरुलाई पार्टी नेतृत्वले तत्काल निरुत्साहित गर्नुका साथै पार्टीलाई वैचारिक र सामुहिक नेतृत्व प्रदान गर्दै अगाडि बढ्नु पर्ने सुझाबका साथै सुधारका केही सुचकहरुलाई यहाँहरु समक्ष प्रस्तुत गरेको छु । साथै हाम्रा सुझावलाई नेतृत्वले अात्मसात गर्ने कुरामा विश्वास लिएको छु ।

जसपामा हुनु पर्ने सुधारका सुचकहरु :

१. जनता समाजवादी पार्टी , नेपाल नेपाली क्रान्तिको ब्यवहारमा विकसित समुन्नत सङ्घीय समाजवादलाई नेपाली जनताको लागि मौलिक सिद्धान्तको रुपमा अात्मसात गर्दै सङ्घीयता लाई जातिहरुको पहिचान र अधिकार , विभेदको अन्त्य , बहुराष्ट्रिय राज्यको प्रबर्द्धन , मुलुको भौगोलिक अखण्डता र स्वाधिनताका अधिकारका रुपमा स्वीकार गरेको हुँदा यी आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नको लागि गरिएको एकताको मुलभुत विषयमा प्रवेश गरि त्यसको सहि पहिचान र त्यस अनुरुपको कार्यदिशा बनाएर जनताको वीचमा जानु पर्ने वेला सत्ता र कुर्सीको निम्ति विबादको भुमरीमा रुम्लिनु भन्दा सैद्धान्तिक बहँस र साँगठनिक संरचनामा अामुल परिवर्तन गर्दै वैकल्पिक शक्तिको भुमिका निर्वाह गर्नु पर्दछ ।

२. देश र लोकतन्त्रको रक्षाका लागि सबैले अा-आफ्ना साना तिना मतभेदलाई बिर्सेर शहीदको सपना साकार पार्ने सुवर्ण अवसर हुँदाहँदै जसपाका केही नेता विदेशीहरुको ईसारामा सर्वसत्तावादी , अधिनायकवादी प्रवृतिको अहिलेको सरकारको सत्ता रक्षा कवच बन्नु नेपाली राजनितीका लागि दुखद पक्ष हो । तसर्थ पार्टी भित्र रहेका कुण्डले र मण्डलेहरुको पहिचान गर्नुका साथै विभिन्न बैदेशिक स्वार्थ पुर्तिका लागि बनेका संघ/ संगठन रअ र CSIA जस्ता वैदेशिक संगठनवाट तलव खाने एजेन्टहरुको पहिचानगरी अवस्था अनुशार रुपान्तरण र कार्वाहीको नीति लिनुका साथै सचेत हुनु जरुरी छ ।
३ . हाम्रो देश भित्र रहेका प्राकृतिक सम्पदा , यहाँको खनिज , नदीनाला आदिमा गिद्दे दृष्टि लगाएका दुई छिमेकीहरु नेपाल माथी आफ्नो अधिपत्य जमाउन खोज्नुका कारण विवादका घटनाहरु प्रशस्त सतहमा आउँछन। अहिले पार्टी भित्रको विबादको मुख्य जड विदेशीहरुको अनुकुलको सत्ता स्वार्थका लागि पार्टी भित्र बैदेशिक हस्तक्षेप बढ्दै गएको यथार्ततालाई मनन गरी , निर्णय लिनु भन्दा अगावै पार्टी भित्रको अान्तरिक बहँसलाई व्यापक बनाउनु पर्छ ।

४. सत्ता समिकरणका लागि उत्पन्न जनता समाजवादी पार्टी भित्रको विवादलाई पार्टी भित्र रहेका केही नश्लिय चिन्तन बोकेका विद्वानहरुले डा. बाबुराम भट्टराईलाई दोष दिएर अाफुहरुले गरेको गल्ती वाट चोखिने कोसिस गरीरहेका महानुभावहरु दक्षिण एशिया तथा नेपाली राजनितीमा डा.बाबुराम भट्टराईको ब्यक्तित्व र छविको अध्ययन गरेर मात्र टीका टिप्पणी गर्दा वेश होला । साथै डा. बाबुराम भट्टराई लगायतका नेताहरुले प्रतिपादन गरेको सैद्धान्तिक वाटोमा अघि बढ्नुको विकल्प छैन,अन्यथा विजयकुमार गच्छदार र केशर बहादुर विष्टको जस्तो शालिन र सन्त कहालाईएका महासयको छवि नबन्ला भन्न सकिँदैन ।

५. जनता समाजवादी पार्टी नेतृत्वमा सामुहिक निर्णय भन्दा गुटबन्दीले गाँजिएको अस्वस्थामा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी अनुशासनको अौचित्य समाप्त जस्तै भएको छ । यसको निराकरण गरिएन भने यसको प्रभाव चुनावमा प्रत्यक्ष रुपमा देखिनेछ । जसपा विभिन्न विचार फरक धारका पार्टीहरुको एकीकरण गर्दा हिजोको भन्दा वैचारिक रुपमा कम्जोर देखिएता पनि अरुको भन्दा अग्रगामी मुद्दाको वकालत गर्दै अाएको छ , त्यसैले अहिलेको सत्ता स्वार्थको विबादलाई अाकलन गर्दा भविष्यमा अग्रगामी मुद्दालाई स्थापित गर्दा मुद्दाकै कारण पार्टी भित्रको विबादले पार्टी फुट्ने हो कि ? शंकाको घेरामा रहेकाले यी विषयबस्तु समयमा बुझ्नुका साथै सचेत रहनु पर्दछ ।

लेखक अशोक यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुन

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu