आज अन्तिम दिन …..
बोल्ने ओठ बन्द छ्न ,
सायद ती खुलेर फुल्न छोडे मुस्कान रुपि फुल पल भरमै ओइलियो रात भर निदाउन भुलेका नयनमा आँसु रुपि नदि बहेकै छ्न नबोलेर पनि ,आज धेरै बोल्यौ सायद आज अन्तिम दिन जो थियो ।
चिसो बालुवामा खुट्टा राखी बनाएको महल जस्तो सपनाहरु काडा नजिकै गुलाबमा टुसाएको रातो मुना जस्तो उस्तै , रातो मलिन चहेरा माटोले लिपेको भित्तोमा बाछिटाले उप्के जस्तो उत्रेको रङ्ग त्यो ओठमा हुरिले भताभुङ्ग झुपडी जस्तो तिमी देखियौ सायद आज अन्तिम दिन जो थियो ।
अब तिमिलाइ ताराहरु , बतास हरु , काली रातमा छन्छ्न बग्ने नदिको आवाज मात्र सुनिए जस्तो अस्ताउदै गरेको रातो सुर्य अघि बाट उडिरहेका एक हुल चरा जस्तो बोल्दै , हात हल्लाउँदै रुदै भक्कानिदै तिम्रो नजरबाट म हटे सायद आज अन्तिम दिन जो थियो ।
एक एक छानी छानी , गनि गनि खोजी खोजी छ कि कतै छुटेको ,भनी दोहर्याइ दोहर्याइ कोतर्दै , सोतर्दै , सबै मेटाउदै अन्तिममा उसले मुटु चिरिने गरि सवाल गर्यो सबै त सकियो , अब यस्लाइ म के गरु ? शब्द आवाज दृश्य सबै पत्थर जस्तै ठोस बने कलिलो मुना तिमि …….. फुल्नु पर्छ सायद हाम्रो आज अन्तिम दिन जो थियो ।
बर्षा भरी जोतेर , मरिसकेको हलगोरुको काध जस्तो पटक पटक बेप्रवाहमा मरिसकेको मन मैझारोको दिन काधबाट जुवा खोल्दा हल गोरु रोए जस्तै छुटिरेहेका दुई मन भित्रभित्रै रोइ रहे सायद आज अन्तिम दिन जो थियो ।
लेखक –राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारको कलमबाट