Connect with us
Kapilvast Forest

मैले चिनेको उज्ज्वल दाइ

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

उज्ज्वल दाइ जस्तो सादगी नेता सायद अब हामी यो देश मा पाउदैनौ , म यति धेरै भावुक जिवनमा सायदै भएको छु उज्ज्वल दाइ मेरो लागि गुरु , मार्गदर्शक , अभिभावक , एक कुशल लिडर हुनुहुन्थ्यो ।

2073 साल तिर भुकम्प पछि पहिलो पटक मैले चपलकार्खाना विबेकशिल को अफिसमा शिर मा कालो टोपी लगाएको अनुहार भरी खाडल परेका , मुसुक्क मुस्कुराउने सकारात्मक सोच का धनी उज्ज्वल दाइ लाई देखेको थिए । उहाँ साह्रै साधारण हुनुहुन्थ्यो , कुर्सी मा बस्न नखोज्ने उभिनै रुचाउने धेरै नबोल्ने तर जे बोल्नु हुन्थ्यो त्यस्ले दिमाग मै घोक्दथियो उहाँ भन्नुहुन्थ्यो नेपाली हरु को दिमाग मा घोच्न जरुरी छ ,

हामी दिन भर सर्बेक्षण मा जान्थ्यौ साझ फर्के पछि प्रमेश श्रेष्ठ जि को गितार को मीठो आवाज सुन्दै हामी नेपाल बदल्ने सपना देख्ने गर्दथियौ , परिवर्तन सम्भव छ हाम्रै जिवनकालमा , नेपाल हाम्रो घर हो डेरा होइन , इत्यादि हाम्रा नारा थिए ।

मैले मेरो जीवन मा उज्ज्वल दाइ जस्तो ब्यक्ती देखेको छैन , उहाँ आफ्नो घर पार्टी लाई अफिस को रुपमा दिएर आफो सानो कोठा मा भाडा मा बस्नुहुन्थो , मैले गान्धी , बिपि , मदन भन्डारी का बारेमा पढेको छु तर मेरा लागि बिपि , गान्धि या मदन भन्डारी उज्ज्वल दाइ नै हुन उज्ज्वल दाइ सपना देखाउने लिडर हुनुहुन्थ्यो , उहाँ ले कहिले कुनै नेता लाई गाली गर्नु भएन ।

भगवान् बुद्द को अनुयायी हुनुहुन्थो उहाँ , म बसुन्धार बस्थे विबेकशिल नेपाली अफिस बाट साझ पख म रुम तिर पैदल बाटो छेउ बाट फर्किदै थिए , पछाडी पुरानो स्कुटर लिएर उज्ज्वल दाइ आउनुभएको थिए काहीँ जाँदै हुनुन्थो हतार मा हुनुहुन्थ्यो , तर मलाइ रुम सम्मै छोडिदिनु भयो अनि भन्नू हुन्थ्यो , देश त परिवर्तन गरि छाड्नुपर्छ , मैले सोधे हामी त थोरै छौ नि दाइ उहाँ ले एक्लै भए पनि सत्य को पक्ष मा उभिनु भन्नू भयो । धेरै पटक मलाइ रुम सम्मै छोडिदिनु भएको छ दाइ ले , स्थानिय चुनाब आयो , विबेकशिल अफिस बाट भोलेन्टियर भएर काम गर्न आउनुस मिल्छ भने भनेर गोन आयो म काठमाडौ गए हामी ले 21 बर्सिय रन्जु दर्सना लाई महानगरपालिका को मेयर का लागि चुनाब मा उठाएका थियौ हामी दिनभर काठमाडौ का गल्ली गल्ली मा पर्चा बाढ्थ्यौ कसैले त्यही थापा को पार्टी का हौ भन्थे कसैले सकारात्मक ढाडस दिन्थे अरु राजनितिक पार्टी का पर्चा सडक भरी हुन्थे हामी पसल पसल पुगेर पर्चा दिन्थ्यौ कसैले नपढी मिल्काउथे हामी ती पर्चा उठाउथ्यौ

, दिने मान्छेलाइ हामी पर्चा पढेपछी टोकरी मै हाल्नुहोला है जथाभावी नफाल्नुहोला भन्दथ्यौ यहि कुरा हामी लाई उज्ज्वल दाइ ले सिकाउनुभएको थियो कि हाम्रा चुनाबी पर्चा पम्पलेट सडक भरी भेटिनु हुदैन ती पर्चा को यति माया लाग्थ्यो को साझ फर्किदा यदि कसैले सडक मा फालेको भए पनि मैले उठाएर रुम मै ल्याउथे ,

पर्चा बाढ्दै गर्दा सानो भर्याङ तिर हो एक जना एमाले का ब्यक्ती ले मलाइ रन्जु ले हजार भोट कटाए मेरो नाक काट्न आउने भने मैले यहि कुरा उज्ज्वल दाइ लाई भने उहाँ मुसुक्क हास्दै धन्यवाद भनेनौ भन्नू भयो । पछि काठमाडौ को नतिजा आयो दोस्रो चरण को चुनाब पुर्बी नेपाल मा हुँदै थियो म , रजिया , समुन्द्र , लगायत साथिहरु झापा जाँदै थियौ हामी चपलकारखाना अफिस बाट निस्कदै थियौ सबै साथिहरु ले सुभकामना , दिनु भो बाइ भन्नू भयो हौसला दिनुभयो उज्ज्वल दाइ बाल्कोनी बाट हामी लाई नियालिरहनुभएको थिए

रजिया ले सबै लाई बाइ बाइ भनिन उज्ज्वल दाइ ले बाल्कोनी बाट ( धेरै कुरा सिकेर आउनु ) भन्नू भयो हामी झापा को गाउँ गाउँ मा सुबाशी जि र दधी जि का लागि भोट माग्दै हिड्दथियौ मले हौसिएर फेसबुक मा हामी ले वडा सदस्य जित्छौ भनेर लेखे उज्ज्वल दाइ ले मलाई म्यासेज गर्नुभएको थियो (भाइ हाम्रो काम कर्म गर्ने हो रिजल्ट जनता को हात मा छोडिदेउ ) उज्ज्वल दाइ का हरेक शब्द ले अहिले पनि हरेक नेपाली लाई घोच्दछन , उहाँ सधै सत्य को पक्षमा उभिन सुझाउनु हुन्थ्यो ,

हामी डाक्टर गोबिन्द केसि को समर्थन मा सधै नेपाल को रास्टृय झन्डा बोकेर जाने गर्दथियौ , उज्ज्वल दाइ लाई सम्मान चाहिदैन थियो , बस्न लाई कुर्सी चाहिदैन थियो उहाँ खासै बस्न रुचाउनुहुदैन थियो , जतिबेला पनि सकारात्मक सोच्ने यति स्वच्छ मन का धनी सायद यो सन्सार मा कमै होलान । उहाँ सधै नेपाल परिवर्तन गर्न सकिन्छ भन्नू हुन्थ्यो ,

उज्ज्वल दाइ बिरामी भए देखि जब जब मानिश हरु का सुबेक्षा देख्छु जब जब उज्ज्वल दाइ बोलेका भिडियो हेर्छु आँखा बाट अनायासै आँसु आउछन म यती भाबुक सायदै जीवन मा भएको छु होला । मेरो पुस्ता को लागि म भन्दा पछि आउने पुस्ताको लागि उज्ज्वल दाइ एक असाधारण ब्यक्तित्व हो ।

मलाइअहिले पनि विस्वास लाग्दैन कि उहाँ ले हामी लाई सपना देखाएर आफै हामी बाट टढा हुनुभयो । उहाँ मेरो प्रेरणा को स्रोत हो , उहाँ हाम्रो पुस्ता को सर्वस्व हो , सब्दमा बया गर्न कठिन छ कि उहाँ ले मेरो जिवनमा कति महत्त्व राख्नु हुन्छ । पृय उज्ज्वल दाइ तपाईं बिना कसरी परिवर्तन होला यो देश ?लेखक दिपक बेल्बासेविबेशिल साझा पार्टीको कपिलवस्तु जिल्ला सह – सम्योजक हुनुन्छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu