Connect with us
Kapilvast Forest

अहिले कोरोना परास्त गरौ, राजनीतिक लडाई बन्द गरौ

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

रहिश शाह-
नेपालको अमुल परिवर्तन २००७, २०४६, २०६२/६३ र विभिन्न चरणमा भएको मधेस आन्दोलनले सम्भव भएको हो । जुन परिकल्पना गरेर आन्दोलनका अधिबेरी आयो त्यो पुरा भएन तर हरेक पक्षको क्रमिक विकासक्रम बढेको हामी नेपालीले महसुस गरेकै छौ ।

नेपालको हरेक अप्ठ्यारो अवस्थालाई पार गर्दै एकदिन पक्कै विकाशीत हुन्छ भन्ने हामी आशाबादी छौ । यहाँको राजनीतिक परिवेशले गर्दा विकासको गति केही सुस्त भएको छ तर हामी हिम्मत हरेका छैनौ ।
अब आउने पुस्ताका नेताहरुले परिवर्तनका लागी हिजो आफुले बगाएको रगत र पसिनाको बदलामा उल्टै जनताकै रगत र पसिना चुस्ने काम पक्कै पनि गर्दैनन । नेताहरुको केहि आसेपासेहरुले थोरै कम चुरिफुरी देखाएको भए गणतन्त्र प्रति यति धेरै निरासा पलाउदैनथ्यो तर याद रहोस् रात जति नै अध्यारो र लामो भए पनि बिहानी आएरै छोड्छ। १३ बर्ष अघि राज संस्था लाई पाखालगाइ गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएको थियो तर अहिले देशमा भ्रष्टाचार, सामन्तबादी सोच, सर्बसत्ताबाद, बिदेशी हस्तक्षेप जस्ता क्रियाकलापहरुलाई सदैवको लागी ठेगान लगाउनु पर्ने अवस्था छ । देशमा बैकल्पिक शक्तिका रुपमा निर्माण गर्ने मुल उद्देश्यका साथमा हिमाल देखि तराईका सबैको समाबेशीका साथ निर्माण हुन लागेको जनता समाजबादी पार्टी नेपाल अहिले फुट्को अवस्थामा आएको छ । सोच्दा पनि दुख लाग्ने र निराशाले आखामा आसु आउने अवस्था आएको छ यसको मुख्य कारण भनेकै राम्रो नियत नभएको, नस्लिय चिन्तन बोकेका र सत्ताधारी नेताहरु हुन।र अहिले जसपाका शिर्ष नेताहरुले बुझनै पर्ने अवस्था यहि हो अहिले न बुझे कहिले बुझ्ने ? एक अर्कोले आरोपप्रत्यारोप लगाउदा लज्जास्पद भएको छौं । तपाइ नेताहरुले निर्णय लिने बेलामा दुरदर्शी भएरै निर्णय लिन हुन समेत आग्रह गर्द्छु । पार्टी एकीकरण भएको दिन जस्तै खुसियाली मनाएका थियो त्यसरी नै सबैको मनमा ठेस न पुग्ने गरि निर्णय हुन्छ भनि आशामा छौँ । अहिले देशमा फुटको होइन जुटको आवस्यकता छ । अहिले विषम परिस्थितिमा संसारनै कोरोनासङ्ग हारेको अवस्थामा सबै मिलि लडौ ।
देशमा बैकल्पिक शक्ति निर्माण गर्नामा सबै मिलि संघर्ष गरौं र देशलाई उचित निकास तर्फ लैजाऔं।
संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।
जनता समाजबादी पार्टी जिन्दावाद ।। लेखक शाह जनता समाजवादी पार्टी,नेपालका युवा नेता हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu