Connect with us
Kapilvast Forest

भेरी–बबई डाइभर्सनले लिएन गति

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

वीरेन्द्रनगर — कोरोना महामारीबीच राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निरन्तर चले पनि तीव्र गतिमा हुन सकेको छैन । महामारीका कारण कामदारको संख्या घटेपछि कामले तीव्रता लिन नसकेको हो ।

महामारीका कारण धेरै कामदार घर फर्किएपछि अहिले स्थानीय मजदुरले मात्र काम गरिरहेका छन् । अहिले आयोजनाको दोस्रो चरणअन्तर्गत हेडवर्क्सको काम चलिरहेको छ । यसअघि २ सयभन्दा बढी कामदारले काम गरे पनि निषेधाज्ञाका कारण ४० जनामा सीमित हुनुपरेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले बताए । ‘कोरोनाले गर्दा गत वर्ष पनि हाम्रो काममा बाधा पुगेको थियो,’ उउहाँले भन्नुभयो , ‘अहिले पनि धेरैजसो कामदार घर गए, स्थानीय मजदुर पनि कोरोनाको डरले नियमित आउँदैनन् ।’

 

आयोजनामा केही दिनअघि रडको अभाव देखिएको उनको भनाइ छ । ‘अक्सिजन नभएका कारण रड काट्न पाइँदो रहेनछ,’ उहाँदे भन्नुभयो , ‘तर अहिले सबै सामान छ, ढुवानीमा पनि कुनै समस्या छैन ।’ नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन ९टीबीएम० मार्फत पहिलो प्याकेजमा १२।२ किलोमिटर सुरुङ निर्माणको काम सकेको आयोजनाले भेरीगंगा नगरपालिकास्थित चिप्लेबाट दोस्रो प्याकेजको काम गरिरहेको छ । पहिलो चरणमा सुरुङ निर्माणको काम तोकिएको समयअघि नै सकिएपछि गत आर्थिक वर्षको साउनदेखि आयोजनाको दोस्रो चरणका काम थालिएका हुन् ।

अहिले दोस्रो चरणअन्तर्गत सिभिल संरचनातर्फका काम भइरहेका छन् । सिभिलअन्तर्गत पनि हेडवर्क्स, पावर हाउस (विद्युत् गृह) बाँध (कफर ड्याम) र सर्ज साफ्टका काम भइरहेको तिवारीले बताउनुभयो  । कामदार कम भएका कारण तीव्र गतिमा काम नभए पनि महामारीका कारण काम नरोकिएको उनले जानकारी दिनु भयो  । आयोजनाका अनुसार हालसम्म पहिलो र दोस्रो चरण गरी समग्रमा ४३ प्रतिशत काम सकिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu